रुसको निशानमा युक्रेनी उर्जा / हिउँले कठ्याङ्ग्रियो शहर, न तातोपानी न हिटर

८ मंसिर, एजेन्सी ।

लगातारको रुसी बमबारीका कारण सिंगो युक्रेन अहिले अन्धकारमय बनेको छ । देशभर विद्युत् कटौती भएको छ । विद्युत् कटौती भएका कारण तीन वटा पारमाणविक रियाक्टरहरू बन्द गर्न युक्रेनी अधिकारीहरू बाध्य भएका छन् । हिउँद सुरु भएसँगै मस्कोले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण बढाएको छ ।

युक्रेनी अधिकारीहरूका अनुसार रुसको क्षेप्यास्त्र आक्रमणले ऊर्जा केन्द्रहरूमा व्यापक क्षति पु¥याएको छ र देशको आधा भन्दा बढी ऊर्जा वितरण गर्ने प्रणालीहरू मर्मत गर्नु पर्ने स्थितिमा पुगेका छन् । यसलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले “मानवता विरुद्धको अपराध“ गरेको आरोप लगाएका छन् ।

Advertisement

न्यूयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठकलाई सम्बोधन गर्दै जेलेन्स्कीले पछिल्ला आक्रमणहरूका कारण तापक्रम शून्य डिग्री सेल्सियसभन्दा कम भएको अवस्थामा समेत “लाखौँ मानिसहरू ऊर्जा आपूर्ति, न्यानो र पानी विना बस्न“ बाध्य भएको बताएका छन् ।

“यो रुसको आतङ्कको सूत्र हो,“ उनले भिडिओमार्फत् न्यूयोर्क रहेका प्रतिनिधिहरू समक्ष भनेका छन् । बुधवार पनि युक्रेनभरि हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो । त्यस लगत्तै राजधानी किभ र पश्चिमी सहर लभिभलगायत धेरै स्थानहरूमा विस्फोट भएको विवरणहरू सार्वजनिक भए ।

Advertisement

दक्षिणी जापोरीजा क्षेत्रस्थित प्रसूति गृहमा क्षेप्यास्त्र प्रहार हुँदा एक नवजात शिशुको मृत्यु भएको आपत्कालीन सेवा प्रदायकहरूले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । युक्रेनी सशस्त्र सेनाका कमान्डर जनरल भ्यालेरी जालुज्नीका अनुसार मस्कोले ६७ वटा लामो दूरीको क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको थियो ।

तीमध्ये ५१ वटा प्रक्षेपणलाई देशको हवाई सुरक्षा प्रणाली ले सफलतापूर्वक रोकेको जनाइएको छ । तर आक्रमणले देशभरका पूर्वाधारहरूमा ठूलो क्षति पु¥याएको छ । किएभमा सहरका केही भागहरूमा मानिसहरू पूर्ण रूपमा पानी र बिजुलीबाट वञ्चित भएका छन् ।

मेयर भिटाली क्लिट्स्कोका अनुसार साँझसम्ममा कम्तीमा ८० प्रतिशत बासिन्दाहरू बिजुली र पानीविना बसेका हुन् । प्रायः ताप तथा जलविद्युत ऊर्जा केन्द्रहरू पनि बन्द गर्न बाध्य भएको युक्रेनको ऊर्जा मन्त्रालयले जनाएको छ ।

माइकोलाइभ क्षेत्रका गभर्नरले दक्षिण र पूर्वतर्फबाट “थुप्रै रकेटहरू“ आइरहेको चेतावनी दिएका छन् ।मस्कोले आफूले युक्रेनको पावर ग्रिडमा आक्रमण गर्दा उनीहरूको लड्ने क्षमता कम हुने र नेताहरूलाई वार्ताको निम्ति तयार पार्न सक्ने बताएको छ ।

तर फ्रान्सेली राष्ट्रपति एमानुअल म्याक्रोनले ट्विटरमा लेखेका छन्,“नागरिक पूर्वाधार“ विरुद्ध त्यस्ता आक्रमणहरू युद्ध अपराध हो ।यसअघि अमेरिकाले पनि उस्तै टिप्पणी गरेको थियो । प्रत्यक्ष रूपमा प्रहार नभए पनि आक्रमणको प्रभाव स्वरूप युक्रेनको छिमेकी राष्ट्र माल्डोभामा पनि विद्युत् कटौती भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top