Nepal Times
Nepal Times
3
Shares

अमेरिकी फोटोग्राफरले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्बिर फेक

अमेरिकी फोटोग्राफरले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्बिर फेक

१० मंसिर,काठमाण्डौ ।
अमेरिकी फोटोग्राफर किटिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्बिर झुटो अर्थात् ुफेकु भएको तथ्य बाहिरिएको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा निकै चर्चा पाएको हिउँ चितुवाको फोटो ुफेकु भएको अलपाइन इन्टरनेशनल म्यागजिनले दाबी गरेको छ ।

अलपाइन इन्टरनेशनल हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको चर्चित म्यागजिन हो । पावलोस्कीले खिचेको भनिएका तस्बिरमा शङ्का लागेपछि म्यागजिनका विज्ञको टोलीले अध्ययन गरेको थियो । हिउँ चितुवा संयोगवश जो कसैले भेटेर तस्बिर खिच्न पाउने भए पनि तस्बिरको संरचना, प्रकाश, तिनीहरूको स्थान लगायतको सत्यतामा समस्या रहेको टोलीको निष्कर्ष छ ।

अलपाइन इन्टरनेशनल म्यागजिनले प्रकाशन गरेको एउटा लामो तथ्य जाँच रिपोर्टमा पावलोस्कीका तस्बिरहरू उत्कृष्ट भए पनि तिनीहरू प्राकृतिक नभइ ुफोटोशपु जस्ता सफ्टवेयर प्रयोग गरेर तयार पारिएको उल्लेख छ । रिपोर्टमा पावलोस्की फोटोशप चलाउने काममा विज्ञ रहेको उल्लेख छ ।

किटिया पावलोस्कीले आफ्नो वेबपेज र इन्टाग्राममा फोटो सार्वजनिक गरेपछि नेपालमा रहेको अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजबाट समेत सार्वजनिक भएको थियो । अमेरिकी दूतावासले नै शेयर गरेपछि नेपालका सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा हिउँ चितुवाको फोटो भाइरल भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.