चिनियाँ जनताले मागे राष्ट्रपति सीको राजीनामा

११ मंसिर ७९, आइतबार
Share this
686shares

११ मंसिर, एजेन्सी।
चीनको शिनजियाङ्ग प्रान्तमा सरकारले लामो समयदेखि लकडाउन गरेको भन्दै स्थानीय जनताले सरकारविरुद्ध विरोध प्रर्दशन ब्यापक बनाएका छन् । कोरोना नियन्त्रण गर्न भन्दै यहाँ लगाइएको लकडाउनसहितका प्रतिवन्धका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङमाथि पनि आक्रोश बढेको छ ।

Advertisement

प्रदर्शनकारीहरुले उनको राजीनामाकै माग गरेका छन् । गएको बिहीवार एउटा अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको ज्यान गए पछि अहिले विरोध प्रदर्शन भइरहेको हो । विरोध प्रदर्शनमा रहेकाहरुले कोरोना महामारी विरुद्ध लगाएको कडा प्रतिबन्धका कारण आगलागीमा परेकाहरु बाहिर निस्कन नसकेका र उनीहरुको ज्यान गएको आरोप लगाएका छन् ।

चीनको उरुमचीमा कोराना रोकथामका लागि भन्दै लगाइएको कडा प्रतिबन्ध विरुद्ध नाराबाजी भइरहेको भइरहेको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । उनीहरुले लकडाउन हटाउन माग गरेका छन् । चीनमा कडा प्रतिबन्धका बाबजुत पनि सङ्क्रमण फैलिएको छ ।

Advertisement

पहिलो पटक बुहानबाट देखिएको भाइरसको संक्रमण विश्वभर फैलिएपछि लकडाउनको कहर पनि विश्वभर देखियो । तर अन्ततिर क्रमिकरुपमा प्रतिबन्धहरु खुकुलो हुँदै हटाइएपनि ’जिरो कोभिड’ नीति लिएको चीनमा भने अहिलेसम्म यात्रा प्रतिबन्धहरु कायम छन् । यद्यपी अहिले विश्व कोरोना महामारीलाई बिर्सिँदै गर्दा चीनमा संक्रमण दर बढेको हो ।

तर, अहिले चीनको परिस्थिति पहिला झै छैन । यसपटकको प्रतिबन्धहरुको विरुद्धमा मानिसहरु आन्दोलित भएका छन् । चीनमा सरकारविरुद्ध प्रदर्शन बिरैले मात्र हुने गर्छ । तर, यसपटक भने प्रदर्शनकारीहरुले राष्ट्रपति सी जिनपिङकै राजीनामा मागेका छन् । प्रतिबन्धविरुद्धको प्रदर्शन हिंसात्मक हुँदै गइरहेको बताइएको छ ।

Advertisement

विरोधमा उत्रेका कयौं प्रदर्शनकारी पक्राउ गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रदर्शनमा केहीले ’सी जिनपिङ स्टेप डाउन’, ’कम्युनिष्ट पार्टी स्टेप डाउन’ लगायतका नारा लगाएका थिए ।

सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको सिधा विरोध गर्न चीनमा मनाही छ । तर, अहिले यस्ता नाराहरु लाग्न थालेपछि प्रहरी चनाखो भएको बताइन्छ । चीनमै पहिलोपटक धेरै मानिसहरु भेला भएर सरकारविरुद्ध प्रदर्शन गरिरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top