बारामा हत्या गरी गाडिएको अवस्थामा १ पुरूषको शव फेला

१४ मंसिर ७९, बिहीबार

१५ मंसिर, काठमाण्डौ ।
कोल्हवी नगरपालिका ११ रामपुर्वा टोल बस्ने ४३ वर्षीय परीक्षण चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले जानकारी दिए।उनको शव बुधबार बिहान सवा ९ बजे सोही स्थानका सियाराम चौधरीको गोठघर पछाडि फेला परेको हो। प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा १४ वर्षीय नाबालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

डिएसपी थापाका अनुसार मृतक र पक्राउ परेका बालक छिमेकी हुन्। मंगलबार राति उनीहरू दुबै जना गाउँको एक खाजा पसलमा गएका थिए।त्यहाँ उनीहरूले खाजा र रक्सी खाएका थिए। त्यसपछि उनीहरू घर जानेक्रममा मृतक परीक्षणले ती बालकसँग अप्राकृतिक मैथुन गर्न खोजेको डिएसपी थापाले बताए।

‘त्यस्तो गर्न खोजेपछि सिसौको दाउराले परीक्षणको टाउकोमा हिर्काएर हत्या गरेका रहेछन्,’ उनले भने, ‘हत्यापछि नजिकै खाल्डो खनेर शवलाई गाडेको देखिन्छ।’भोलिपल्ट बिहान करिब ९ बजेतिर सियाराम चौधरीले आफ्नो गोठ पछाडि खुट्टाका औंलाहरू देखेपछि घटना बाहिरिएको हो। खुट्टाको तीन वटा औंला बाहिर निस्किएको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए।

Advertisement

प्रहरीले अनुसन्धान गरी गाडिएको शव घटनास्थलबाट निकालेको हो। त्यस्तै त्यहाँ फेला परेको एउटा चप्पलले नै आरोपित बालकसम्म पुर्‍याएको डिएसपी थापाले बताए।उक्त चप्पल कसको हो भन्ने खोज्दै जाँदा ती बालक फेला परेका हुन्।डिएसपी थापाका अनुसार बालकसँग अप्राकृतिक मैथुन गर्न खोज्दा हत्या भएको हो।

प्रहरीले सिसौको दाउरा, कोदालो, रगत लागेको बोरा, बायाँ खुट्टाको चप्पल, रगत लागेको ज्याकेट, सर्ट र पाइन्ट पनि बरामद गरेको छ।पक्राउ परेका बालकलाई न्यायिक प्रहरी नियन्त्रण कक्षमा राख्न जिल्ला अदालत बाराबाट अनुमति लिने तयारी भइरहेको प्रहरीले जनाएको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top