कतार विश्वकपमा कसले हान्यो सयौं गोल ?

१६ मंसिर,एजेन्सी ।
कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपमा एक सय गोल पूरा भएको छ । समूह एफ अन्तर्गत मोरक्को र क्यानडाबीचको खेलमा पहिलो हाफमा तीन गोल भएपछि सय गोल पुगेको हो । खेलमा मोरक्कोले यस विश्वकपको ९८औं र ९९औं गोल ग¥यो । एक सयौँ गोल पनि मोरक्कोकै खेलाडीले गरे । तर उक्त गोल भने क्यानडाको नामम रह्यो ।

मोरक्कोका नाएफ अगुएर्डले ४०औं मिनेटमा गरेको आत्मघाती गोल सयौँ गोल बनेको हो । साथै जारी विश्वकपमा यो पहिलो आत्मघाती गोल पनि हो । यस्तै मोरक्कोले यस विश्वकपमा खाएको पनि यो नै पहिलो खेल हो । पहिलो खेलमा मोरक्कोले क्यानडामाथि २–१ को जित हासिल गरेको छ भने अर्को खेलमा क्रोएसिया र बेल्जियमले बराबरी खेलेका छन् ।

यो नतिजाले मोरक्को ७ अंक जोडेर शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ भने क्रोएसिया ५ अंकसहित समूह उपविजेता बनेको छ । ४ अंक सहित बेल्जियम तेस्रो भएर समूहबाटै बाहिरिएको छ । जारी विश्वकपमा इक्वेडरका इनर भ्यालेन्सिया, फ्रान्सका किलिएन एमबाप्पे, इंग्ल्याण्डका मार्कुस रासफोर्ड र नेदरल्याण्ड्सका कोडी गाक्पोले समान ३–३ गोल गरेका छन् ।

Advertisement

यता भारको निर्णयलाई लिएर विश्वकपमा पुनः प्रश्न उठेको छ। स्पेनविरूद्ध जापानले गरेको दोस्रो गोलमा भारले गलत निर्णय दिएको भन्दै दर्शकहरूले गुनासो गरेका छन्। बिहीबार राती समूह ‘इ’ अन्तर्गत पूर्वविश्व च्याम्पियन स्पेनविरूद्ध जापानका लागि आवो तानाकाले गोल गरेका थिए। उनले गरेको गोलका लागि मितोमाले पास मिलाएका थिए।

गोल लाइनबाट मितोमाले मिलाएको पास दर्शकहरूले भिडियोमा बाहिर गइसकेको देखेका थिए। तर, भारले त्यो बल गोल लाइनभित्रै भएको भन्दै स्विकृत प्रदान गरेको थियो। मितोमाले त्यो बल ५१ मिनेटमा मिलाएका थिए। भारले ५३ मिनेटमा भिडियो रिप्ले हेरेर सदर गरेको थियो। यसअघि अर्जेन्टिना र साउदी अरेबियाबीचको खेलमा पनि मार्टिनेजले गरेको गोललाई अफसाइड दिने भारको निर्णयमा त्रुटी देखिएको भन्दै प्रश्न उठेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top