Nepal Times
Nepal Times
99
Shares

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला

१६ मंसिर , काठमाडौं ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला परेका छन्।शुक्रबार दिउँसो धुलिखेल नगरपालिका ७ स्थित कार्यालय भवनको चौथो तलाको छतमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए।अन्दाजी ५० वर्षीय उनी लमजुङ घर भई काठमाडौंको मातातीर्थमा बस्दै आएका थिए।

बिहान अफिस आएका उनी करिब ११ बजेतिर छतमा भएको ट्रसमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।घटनास्थलबाट कुनै सुसाइड नोट फेला नपरेको प्रहरीले जनाएको छ। के कारणले घटना भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घिमिरेले बताए।मृतकका आफन्त आएसँगै घटनाको मुचुल्का लगायतका कामहरू अघि बढाएको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.