सन्दीप जेल गएपछि आईपीएल नेपालीका लागि अधुरो

१६ मंसिर,एजेन्सी ।
विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा कोही पनि नेपालका खेलाडी परेका छैनन् । ९ सय ९१ खेलाडीले आइपिएलमा आफ्नो नाम दर्ता गराएका छन् । एसोसिएट देशबाट २० खेलाडीले नाम दर्ता गराउँदा नेपालबाट भने कुनैपनि खेलाडी छैनन् । पछिल्ला दुई आईपीएल संस्करणमा नेपालका केहि खेलाडीले नाम दर्ता गराएपनि सर्ट लिष्टमा सन्दीप लामिछानेमात्रै पर्दै आएका थिए ।

सन्दीप १७ वर्षीय बालिकालाई बलात्कारको आरोपमा पूर्पक्षका लागि कारागारमा हुँदा अन्य नेपाली खेलाडी भने पर्न सकेनन् । सन्दीप नेपालबाट आईपीएल खेल्ने एकमात्रै खेलाडी हुन् । सन् २०१८ देखि २०२० सम्म सन्दीप दिल्लीमा रहेका थिए । २०१८ मा दिल्ली क्यापिटल्सले सन्दीपलाई न्यूनतम २० लाख भारुमा किनेको थियो । गतवर्ष आईपीएलमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका थिए ।

आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित कुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले नाम दर्ता गराएका थिए । सन्दीप बाहेक अन्य सर्टलिष्टमा पर्न सकेनन् । यस पटक ७ सय १४ भारतीय र २ सय ७७ विदेशी खेलाडीले नाम दर्ता गराएका छन् ।

Advertisement

मिनी अक्सन आगामी डिसेम्बर २३ मा कोचीमा हुनेछ । बिसिसिआईले नाम दर्ताबाट अक्सनमा जाने खेलाडीको नाम सर्टलिष्ट गर्नेछ । सर्ट लिष्टमा पर्ने खेलाडीमात्रै अक्सनमा जानेछन् । अक्सनमा न्यूनतम मूल्य २० लाख र उच्चतम मूल्य २ करोड भारु हुनेछ । जसबाट अक्सनमा खेलाडीमाथि लिलामी सुरुहुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top