Nepal Times
Nepal Times
3
Shares

धनुषामा जन्ती बोकेको जीप दुर्घटना /५ जनाको मृत्यु, ९ जना घाइते

धनुषामा जन्ती बोकेको जीप दुर्घटना /५ जनाको मृत्यु, ९ जना घाइते

१७ मंसिर,काठमाण्डौ ।
आज बिहान धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।

एसपी रजौरेका अनुसार मृत्यु हुनेमा मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी ३५ वर्षीया रुवी साह, महोत्तरी पिपरा गाउँपालिका–२ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी–बहिनी १३ वर्षीया सृजन साह र १८ वर्षीया मञ्जु साह तथा सवारी चालक धनुषाको धनौजी गाउँपालिका–४ का २५ वर्षीय अब्दुल मन्सुर छन् ।

बा १ ज ८३९६ नम्बरको जन्ती बोकेको जीपलाई ठक्कर दिने ज १ च १४९६ नम्बरको माछा बोकेको पिकअप भ्यान र चालक इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी दिपक रायले जानकारी दिए । घाइतेहरुको प्रादेशिक अस्पताल धनुषामा उपचार भइरहेको छ भने एक जना महिलाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.