न्यूयोर्क र सिङ्गापुर विश्वकै महँगो सहर भएको कोनोमिस्ट इन्टेलिजेन्स युनिटको सर्वेक्षण

१७ मंसिर,एजेन्सी ।

न्यूयोर्क र सिङ्गापुर विश्वकै सबैभन्दा महँगा सहर रहेको एक सर्वेक्षणले जनाएको छ । वार्षिक रूपमा सार्वजनिक गरिने इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) को सर्वेक्षणले अमेरिकाको न्यूयोर्कलाई सबैभन्दा महँगो सहरका रुपमा सूचिकृत गरेको छ । दोस्रो स्थानमा सिङ्गापुर सहर रहेको छ ।

कस्ट अफ लिभिङ अर्थात् जीविका मूल्य सूचांकका आधारमा यो सर्वेक्षण गरिएको हो । त्यस्तो सूचीमा न्यूयोर्क पहिलो पटक सबैभन्दा माथि आएको हो । गएको वर्ष एक नम्बरमा रहेको तेल अभिभ अहिले तेस्रो नम्बरमा छ । त्यसपछि हङकङ, लस एन्जलस, जुरिक, जेनेभा, सान–फ्रान्सिस्को, पेरिस, सिड्नी र कोपेनहेगन रहेका छन् । ईआईयू सर्वेक्षणका अनुसार विश्वका ठूला सहरहरूको जीवन धान्न लाग्ने खर्च औसत ८ दशमलव १ प्रतिशतले बढेको छ ।

Advertisement

रुस–युक्रेन युद्ध र आपूर्ति शृङ्खलामा कोभिड महामारीले पारेको असर त्यसका मुख्य कारण ठानिएका छन् । ईआईयूले दुई सय भन्दा धेरै वस्तु तथा सेवाका चार सय भन्दा धेरै मूल्यलाई विश्वभरका १ सय ७२ सहरमा राखेर तुलना गरेको थियो । सूची अनुसार सबैभन्दा कम महँगा सहरहरुमा कोलम्बो, चेन्नई, अहमदावाद, कराची, तेहरान, ट्रिपोली, दमास्कसलगायत रहेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top