मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष मृत फेला

१७ मंसिर ७९, शनिबार

१७ मंसिर,काठमाण्डौ । ।

Advertisement

मधेस प्रदेशको मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई मृत फेला परेका छन् ।सर्लाहीको लालबन्दी १३ पत्थरकोट स्थित होलिडे रिसोर्टमा उनको शव फेला परेको हो ।नेपाल पत्रकार महासंघ सर्लाही शाखाले शनिबार आयोजना गरेको ११ औं साधारण सभामा सहभागी हुन उनी शुक्रबार लालबन्दी पुगेका थिए।

राति खाना खाएर कोठामा पुगेका उनी शनिबार बिहान ओछ्यानमा मृत फेला हुन्। पत्रकार महासंघ सप्तरीका संस्थापक अध्यक्ष समेत रहेका भट्टराईले ओछ्यानमा बान्ता गरेको पाइएको प्रहरीले जनाएको छ।उनले खाने औषधी छरपस्ट अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनी मधुमेह, उच्च रक्तचापका बिरामी थिए।घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Advertisement

यता मुख्यमन्त्रीको कार्यालयले भने हृदयघातबाट मृत्यु भएको भन्दै विज्ञप्तिमार्फत् श्रद्धाञ्जली दिएको छ।मुख्यमन्त्री लालबाबु राउतको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ,ुमधेस प्रदेशका अग्रज पत्रकार शिवहरी भट्टराईको हृदयघातका कारण निधन भएको खबरले अत्यन्त मर्माहित बनाएको छ। उहाँको निधनले मधेस प्रदेशको पत्राकारिकता क्षेत्रलाई अपुरणीय क्षति पुर्‍याएको छ,विज्ञप्तिमा भनिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top