×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेता–कार्यकर्ता रिहा गर्न सरकारलाई विप्लवको दबाब

२० मंसिर २०७९

२० मंसिर,काठमाण्डौ ।
सरकारसँग सम्झौता गरेको लामो समयसम्म पनि आफ्ना नेता कार्यकर्तामाथिको मुद्दा खारेज गरी जेलमा रहेकाहरुलाई रिहा नगरेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारमाथि दबाब बढाएको छ । मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरूको माग सम्बोधन गर्नुपर्ने जिकिर गरेको हो ।

वर्तमान सरकारले कानुनी जटिलता हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज र जेलबाट रिहाई गर्ने निर्णय मन्त्रिपरिषद्बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दबाब दिइएको प्रकाण्डले बताए । यता, गृहमन्त्री खाँणले पनि समस्या समाधान गर्न सरकार इमान्दार र प्रतिवद्ध रहेको बताएका छन् ।

Advertisement
Advertisement

‘सरकार र हामीबीच भएको सहमती छिटोभन्दा छिटो यसलाई रिजल्टमा उर्तानुस् र हामीलाई रिजल्ट दिनुस्, जनतालाई रिजल्ट दिनुस् भनेर हामीले आज भनेका छौँ। सरकारले यसप्रति इमान्दार र प्रतिवद्ध छौँ भनेको छ । यसलाई पूरा गर्ने सन्दर्भमा फेरि पनि हामी लाग्छौँ’, लागिरहेका छौं भन्ने सरकारको जवाफ रहेको उनले बताए ।

उनले भने, वार्ता सकारात्मक छ । तर, अहिले हामीले खोजेको परिणाम हो । त्यो हेर्नुपर्छ । छिटो सरकारले यो परिणाम सार्वजनिक गरोस् भन्ने हाम्रो चाहना छ । उनले थपे, ‘धेरै पटक सहमति पनि भएको छ । पछिल्लो सहमति भइसकेपछि त्यो क्याबिनेटले डिसिजन पनि गरिसकेको छ ।

क्याबिनेटले भनेको के छ भने नेपाल कम्युनिस्ट पार्टी र सरकारको बीचमा भएको वार्तामा र भएका सहमतिहरूमा नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताहरूमाथि लगाइएको कतिपय मुद्दाहरू अहिलेको कानुनसँग बाझिने भएको हुनाले र त्यसलाई समाधान गर्नका लागि कानुनी रिक्तता भएको हुनाले यो समस्यालाई समाधान गर्ने भनेर सरकार र हामीबीच भएको सहमतिलाई कार्यान्वयन गर्ने भनेर क्याबिनेटले नै भनिसकेको हुनाले कार्यान्वयनको प्रक्रिया फाइनल गर्नुस् भन्ने हाम्रो कुरा हो ।

त्यही विषयमा आज सरकार सकारात्मक ढङ्गले नै प्रस्तुत भएको छ । र, गम्भीरताका साथ नै प्रस्तुत भएको छ । हाम्रो कुरा यही सरकारले फाइनल गर्नुपर्छ भन्ने छ । त्यो गम्भीरताका साथ सरकार प्रस्तुत हुनेछ भन्ने हाम्रो विश्वास छ ।’ केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीन बूँदे सहमति गरी नेकपा शान्ति प्रक्रियामा आएको थियो । तर सो सहमति अझै कार्यान्वयनमा नआएको भन्दै सो पार्टीले असन्तुष्टि जनाउँदै आएको छ । खुला राजनीतिक गतिविधिमा आएपनि सो पार्टीले पछिल्लो समय मंसिर ४ को निर्वाचन बिथोल्ने सार्वजनिक रुपमै घोषणा गरेको थियो ।

Advertisement

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top