रविको पार्टीमा पनि लफडा ,समानुपातिकमा चलखेल

२२ मंसिर, काठमाण्डौ ।
पानीको फोका, नानुमैयाँको पुनरावृत्ति, भिजन र इजम नभएका,े आलोकाँचो, स्टन्टबाट उदय भएको लगायतका आलोचना, आशंका र कतिपय स्थानमा अवरोधका बावजुद रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले यो आम निर्वाचनमा प्रतिनिधि सभातर्फ अप्रत्यसित जित निकाल्यो ।

संसदमा उसका प्रत्यक्ष चुनाव जितेका ७ र समानुपातिकबाट गएका १३ गरि २० जना सदस्यले अब संसदीय राजनीतिमा अंक गणितसहित जबर्जस्त प्रभाव पार्ने, नयाँ सरकार गठन वा प्रतिपक्षमा आफ्नो भूमिका बढाउने आम मतदाता र राजनीति बृत्तमै अपेक्षा गरिएको छ ।

तर रास्वपा भने दल दर्तादेखि चुनावमा सहभागि हुँदा, अहिले संसदमा प्रवेश गर्ने बेलामा पनि केही आन्तरिक र केही बाह्यरुपमा विवादै विवादको घेरामा परिरहेको छ । अमेरिकन नागरिकता त्यागेपनि नेपाली नागरिकता पुनः लिने कानूनी प्रक्रिया पूरा नगरि पुरानै नागरिकताले काम चलाएको भन्दै अहिले पार्टी सभापति रवि लामिछानेविरुद्धको मुद्धा विचाराधीन छ ।

Advertisement

अर्कातिर पहिलो प्रयासमै जनताबाट अधिक विश्वास कमाएको पार्टीभित्र नयाँ विवाद देखिएको छ । रास्वपाको समानुपातिक सांसद छनोट प्रक्रियामा चलखेल भएको भन्दै समानुपातिक सूचीमा रहेका आफ्नै केही उम्मेदवारले असन्तुष्टि व्यक्त गर्दै आन्दोलनको चेतावनी दिएका छन् ।

खस आर्य कोटाबाट रास्वपाका समानुपातिक सूचीमा नाम रहेकी निशा डाँगीले बिहीबार बिहानै आफ्नो फेसबुकमार्फत खबरदारीका लागि आह्वान गरेकी छिन् । फेसबुकामा उनले लेखेकी छिन् ’रास्वपाको समानुपातिक सांसद छनोट प्रकृयामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सनको र बन्दसूचीको क्र.स.भन्दा बाहिर गएर गरिने निर्णय आम पार्टी सदस्य शुभ चिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको हुँदा थिति बसाल्न पार्टी बिग्रेला भन्ने डरले चिन्तित भइ खबरदारी गर्ने कार्यक्रम भएको कार्यक्रम भएको छ ।’

Advertisement

यस्तै सुनसरी क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट पराजित तथा सुनसरी सभापति लालविक्रम थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै थिति बसाल्न र पार्टी बिग्रेला भन्ने डरले चिन्तित भई खबरदारी गर्न लागिएको बताएका छन् । उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद छनोट प्रक्रियामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सन र बन्दसूचीको क्रम संख्याभन्दा बाहिर गएर गरिने निर्णय आम पार्टी सदस्य शुभचिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको छ ।’

पार्टीभित्र भएको प्राइमरी इलेक्सनमा कम मत पाएकालाई पनि समानुपातिक सांसदका रुपमा सिफारिस गर्ने तयारी भएपछि विवाद बढेको हो । रास्वपाले प्राइमरी इलेक्सन गरेर सबैभन्दा बढी मत ल्याएकालाई समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको थियो । ४ मंसिरको चुनावमा समानुपतिकतर्फ १३ सिट जितेको छ । समानुपातिकका केही नामहरु रास्वपाले तलमाथि गर्न खोज्दा विवाद सतहमा आएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top