×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

कतार विश्वकप रोनाल्डो र नेइमारकालागि विर्सनलायक !

२५ मंसिर २०७९

२४ मंसिर,एजेन्सी ।
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत सेमिफाइनल चरणका लागि समिकरण पूरा हुँदा विश्व फुटवलका दुई स्टार खेलाडी पोर्चुगिच फर्वाड क्रिस्टियानो रोनाल्डो र ब्राजिलका नेइमारलाई फुटवलप्रेमीहरुले निकै मिस गरिरहेका छन् ।

उनीहरुसंगै उपाधि दाबेदार मानिएका दुई टोलीहरु ब्राजिल र पोर्चुगल क्वाटरफाइनलबाटै बाहिरिदा उनीहरुका समर्थकका लागि विश्वकप नै खल्लो भएको छ । विश्वभरका प्रशंसकहरुलाई खिन्न बनाउँदै अनि आखाँबाट आँशु बगाउँदै अघिल्लो दिन नेइमार त्यसपछि रोनाल्डो विदा भए ।

Advertisement
Advertisement

रोनाल्डोले विश्वकप सुरु हुनुअघि नै यो अन्तिम विश्वकप हुने बताएका थिए । नेइमारले पनि क्वाटरफाइनलमै हार ब्योहोरेपछि सन्यासको संकेत गरेका छन् । ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमारले ब्राजिलका लागि खेल्न जारी राख्ने ‘शत प्रतिशत ग्यारेन्टी दिन नसक्ने’ बताएका छन् ।

१८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय डेब्यू गरेका नेयमारले भने, ‘म राष्ट्रिय टोलीका लागि कुनै ढोका बन्द गरिरहेको छैन तर म फर्किने १००% ग्यारेन्टी पनि दिइरहेको छैन । मैले यस बारे अलि बढी सोच्न आवश्यक छ कि मेरो लागि र राष्ट्रिय टोलीको लागि सही कुरा के हो।’

विश्वकपको सेमिफाइनल पुग्ने आफ्नो सपना चकनाचुर भएपछि नेयमारले यो हार लामो समयसम्म याद रहिरहने बताएका छन् । सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै उनले लेखेका छन्, ‘यो हारपछि म मानसिक रूपमा टुटेको छु । यो यस्तो हार हो जसले मलाई सबैभन्दा बढी चोट पु¥याएको छ ।

दुःखको कुरा हो तर यो हार मलाई लामो समयसम्म याद रहनेछ ।’ ‘मैले खेल सकिएपछि १० मिनेटसम्म केही सोच्न सकिनँ, मलाई सुरुमा पक्षाघात भएको जस्तो भयो र त्यसपछि म रुन थालेँ ।’ उनले थपेका छन्, ‘हामी अन्तिमसम्म लड्यौं । मलाई मेरा सहकर्मीहरूप्रति गर्व छ किनभने हाम्रो इच्छा र प्रयासको कमी थिएन ।

हामी जित्नका हकदार थियौं तर सायद यो ईश्वरको इच्छा थिएन ।’ नेमारले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो टोली र भगवानलाई धन्यवाद दिँदै हारको पीडा बिर्सन नसक्ने लेखेका छन् । यद्यपी नेइमारले ब्राजिल पुरुष राष्ट्रिय टोलीका लागि १२४ खेलमा ७७ गोल गर्ने पेलेको ’आधिकारिक’ गोलको कीर्तिमान बराबरी गरेका छन् ।

यता अर्का स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कतार विश्वकपको क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराएसँगै विश्वकप जित्ने अन्तिम सम्भावना समाप्त भएको छ । विश्व फुटबलमा जित्न बाँकी एकमात्र उपाधिको रुपमा रहेको विश्वकप जित्ने लक्ष्य राखेका रोनाल्डो त्यसमा सफल हुन सकेनन् ।

शनिबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा रोनाल्डो बेन्चमा रहेर खेलको सुरुवात गरेका थिए । पहिलो हाफमै पोर्चुगल १–० ले पछि परेसँगै प्रशिक्षक फर्नान्डो सान्तोसले दोस्रो हाफ सुरु भएको केहीबेरमा रोनाल्डोलाई मैदान छिराएका थिए । तर रोनाल्डो र पोर्चुगलले गोल फर्काउन नसक्दा टोली हार बेहोर्न पुग्यो ।

रोनाल्डो खेल सकिएलगत्तै गहभरी आँशु लिएर ड्रेसिङ रुमतर्फ लागेका थिए । कतार विश्वकपमा उत्कृष्ट सुरुवात गरेका रोनाल्डोले समूह चरणको तीनै खेल सुरुवाती रोजाइमा खेलेका थिए । घानाविरुद्ध पेनाल्टीमा गोल गर्दै रोनाल्डो विश्वकपको पाँच फरक संस्करणमा गोल गर्ने पहिलो पुरुष खेलाडी बनेका थिए ।

दोस्रो खेलमा उरुग्वेविरुद्ध ब्रुनो फर्नान्डेसको गोललाई आफ्नो माग गरेका कारण उनी चर्चामा आएका थिए । तेस्रो खेलमा भने उनलाई परिवर्तन गर्दाको व्यवहारका कारण प्रशिक्षक सान्तोस रुष्ट बनेका थिए । अन्तिम १६ को खेलमा रोनाल्डो पोर्चुगलको बेन्चमा रहेका थिए ।

उनी खेलको अन्त्यतिर मैदान प्रवेश गरेपनि उनको स्थानमा आएका फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६–१ को जित दिलाए । उनै रामोस क्वाटरफाइनलमा भने निकै खराब प्रदर्शन गर्न पुगे । रोनाल्डो दोस्रो हाफमा मैदान छिरेपनि नतिजा बदल्न सकेनन् र विश्वकप बिना नै बिदा भए ।

Advertisement
Advertisement

यता क्वाटरफाइनलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले आफ्नो धारणा प्रस्तुत गरेका छन् । सान्तोसले हारका कारण टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र आफू सबैभन्दा बढी दुखी भएको बताए । यस्तै उनले रोनाल्डोलाई सुरुवात नगर्ने निर्णय गलत नभएको पनि दावी गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top