गोेल्डेन बुटका दाबेदार

२५ मंसिर,एजेन्सी ।
कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भईसक्दा विश्वकपको सर्वाधिक गोलकर्ताको गोल्डेल बुट कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ । यस पटकको विश्वकपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गर्दा अहिलेसम्मका सर्वाधिक गोलकर्ता मध्येका शीर्ष तीन खेलाडीपनि समिफाइनलमा पुगेका छन् ।

यस विश्वकपमा अहिलेसम्म गोल्डेन बुटका दाबेदार खेलाडीमा फ्रान्सका केलियन एमबाप्पे अग्रपङितमा छन् । उनले ५ गोल गरिसकेका छन् । उनको टिमले अब पहिलो पटक विश्वकपको अन्तिम चारमा पुगेको मोरक्कोसँग प्रतिस्पर्धा गर्ने छ। यो खेलमा उनले थप गोल गर्न सके उनको गोल्डेन बुटको दाबेदारी थप बलियो हुनेछ ।

तर उनलाई समान ४ गोलका साथ विश्वकप खेलिरहेका अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सकै ओलिभर जेरुडले पनि अबको सेमिफाइनलमा गोल थप गरे भने गोल्डेन बुटमाथिको दाबेदारी झनै रोचक बन्ने देखिन्छ ।

Advertisement

समिफाइनल अघि मेस्सी र जेरुडले समान ४÷४ गोल गरेका छन् । अब यो बुटमा आफ्नो दाबेदारी बलियो बनाउन मेसीले क्रोएसियासँगको भिडन्तमा थप गोल गर्नुपर्नेछ भने जेरुडलेले एमबाप्पेलाई रोक्दै मोरक्कोविरुद्ध गोल गर्नुपर्ने छ ।

कतार विश्वकपमा अहिलेसम्मका गोल्डेन बुटका दाबेदारहरुमा
१. केलियन एमबाप्पे – ५ गोल (फ्रान्स)
२. लियोनल मेसी – ४ गोल (अर्जेन्टिना)
३. ओलिभर जेरुड – ४ गोल (फ्रान्स)
४. कोडी गाक्पो – ३ गोल – (नेदरल्यान्डस्)

Advertisement

५. मार्कुस राषफोर्ड – ३ गोल (इङल्यान्ड
६. अल्भारो मोराटा – ३ गोल( स्पेन
७. इनर भ्यालेन्सिया – ३ गोल( इक्वेडर
८. बुकायो साका – ३ गोल (इङल्यान्ड
९. रिचार्लिसन – ३ गोल (ब्राजिल

१०. गोन्कालो रामोस – ३ गोल( पोर्चुगल
गोल्डेन बुटको दाबेदारमा रहेका शीर्ष १० मध्ये अब सेमिफाइनलमा पुगेका मध्ये अर्जेन्टिना र फ्रान्सका ३ खेलाडी मध्येबाट नै एक खेलाडीले गोल्डेन बुट पाउने छ । जहाँ ५ गोल सहित शीर्ष स्थानमा रहेका एमबाप्पेको संभावना अधिक देखिन्छ । यद्यपि मेसी र जेरुडको संभावनालाई पनि नकार्न सकिदैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top