फुटबल मैदानमा बालेन, टिमले खायो ६ गोल

२६ मंसिर,काठमाण्डौ ।
सोमबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदानमा भिन्न दृष्य देखियो । रंगशालाको मैदानमा नियमित फुटबल खेलिरहेका नभई विरलै खेलेका र कहिल्यै नखेलेका ब्यक्तिहरु समेत खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका थिए । वास्तवमा उनीहरु खेलाडी नभइ काठमाडौं महानगरपालिकाका पदाधिकारीहरु थिए ।

महागनरको २८ औं दिवस मनाउने क्रममा सोमबार बिहान महानगरले मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको हो । महानगरले प्रमुख ११ तथा प्रमुख प्रशासकिय अधिकृत ११ बीच रमाइलो फुटबल खेलको आयोजना गरेको हो ।

९० मिनेटसम्म खेलिएको उक्त रमाइलो फुटबलमा प्रमुख ११ लाई प्रमुख प्रशासकिय अधिकृत ११ ले आधा दर्जन गोल हान्दै विजयी भएको छ । रंगशालाको मैदानमा फुटबलको जर्सी लगाएर काठमाडौं महानगरपालिकाका दुई वटा टिम आपसमा भिडेका हुन् ।

Advertisement

मेयर ११ टीमका नेतृत्व मेयर बालेन्द्र साह (बालेन) ले गरेका थिए भने प्रमुख प्रशासकीय ११ टीमलाई प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले नेतृत्व गरेका थिए । मैदानमा प्रमुख ११ टीममा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए भने प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए ।

नगर प्रहरीका प्रमुख राजु पाण्डे पनि उक्त टिमबाट खेलेका थिए । प्रमुख ११ टीमका कप्तान बालेन साह खेलको उत्तराद्र्धमा मात्र मैदानमा प्रवेश गरे । बालेन मैदान प्रवेश गर्ने बेलासम्म उनको टीमले ५ गोल खाइसकेको थियो । प्रमुख ११ टीमका तर्फबाट बालेनले मध्य क्रमबाट खेलेका थिए ।

Advertisement

महानगरकी उपप्रमुख सुनिता डंगोल दर्शकको रुपमा सहभागि भइन्, उनी खेलाडीको रुपमा मैदानमा आइनन् । प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबल खेलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धमा आईसब्रेक गर्ने काम गरेको बताइन् ।

उनले महानगरमा जनप्रतिनिधि भएर आएको ६ महिना बढी हुँदा पनि सबै कर्मचारीहरुसँग प्रत्यक्ष रुपमा सम्बन्ध कायम हुन नसकेको तर महानगर दिवसको अवसरमा भएको जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलले सम्बन्ध सुधार गर्ने काम गरेको बताएकी हुन् । दुबै टिमका झण्डै ५० जना खेलाडी मैदानमा प्रवेश गर्दै खेलिएको यो खेलमा प्रमुख प्रशासकिय अधिकृत ११ ले प्रमुख ११ लाई ६–१ को गोल अन्तरले पराजित गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top