२६ मंसिर,एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको लामो समय देखिको चिसिएको सम्बन्ध पछिल्लो वार्तापछि तातिदै गएको देखिएको छ । पछिल्लो समय अमेरिकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङको भ्रमण सुरु गरेको अमेरिकी विदेश मन्त्रालयले घोषणा गरेपछि बाइडेन र सी बीच जी २० शिखर सम्मेलनमा भएको वार्ता सफल भएको विश्लेषण गरिएको छ ।
विदेशमन्त्रालयको विज्ञप्तिअनुसार पूर्वी एसियाली र प्रशान्त मामिलाका लागि सहायक विदेश मन्त्री डेनियल क्रिटेनब्रिंक र राष्ट्रिय सुरक्षा परिषदमा चीन र ताइवानका लागि वरिष्ठ निर्देशक लौरा रोजेनबर्गरले डिसेम्बर ११ देखि १४ सम्म चीन, दक्षिण कोरिया र जापानको भ्रमण गर्दै छ । उच्चस्तरीय प्रतिनिधिमण्डलले अर्को वर्षको सुरुमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमणको लागि आधार तयार गर्नेछ ।
गत महिना, इन्डोनेसियाको जी २० शिखर सम्मेलनको छेउमा अमेरिका र चिनियाँ राष्ट्रपतिहरू ताइवान र उत्तर कोरियाको बारेमा ‘स्पष्ट वार्ता’ मा संलग्न थिए । दुई देशबीचको तनावपूर्ण सम्बन्धलाई ‘नयाँ शीतयुद्ध’मा फर्काउनबाट रोक्ने उद्देश्यले वार्ता भएको बताइएको छ ।
प्रतिनिधिमण्डलले ब्लिन्केनको भ्रमणको लागि वातावरण तयार गर्नुको साथै दुई देशबीचको प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थित गर्न र सहयोगका सम्भावित क्षेत्रहरू अन्वेषण गर्न बैठकलाई फलोअप गर्ने अमेरिकी अधिकारीहरुलाई उधृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
पछिल्लो समय चीनले जारी राखेको कोभिड शुन्य नीतिको जनस्तरबाट भईरहेको विरोधका बीचमा हुन् लागेको अमेरिकी उच्चस्तरीय टोलीको भ्रमालाई थप महत्वका साथ हेरिएको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ट ट्रम्पले नोभेम्बर २०१७ मा चीनको भ्रमण गरेपछिको यो अमेरिकी अधिकारीको उच्चस्तरीय चीन भ्रमण हो ।