ज्याकलिन र भारतीय मिडियाविरुद्ध मानहानीको मुद्दा

२७ मंसिर,एजेन्सी ।
ठगीको आरोप लागेका सुकेश चन्द्रशेखरसँग जोडिएको बलिउडको २०० करोड भारुको मुद्रा अपचलन (मनी लाउन्ड्रिङ) मुद्दामा नयाँ मोड आएको छ । चर्चित अभिनेत्री ज्याकलिन फर्नान्डिज र नोरा फतेहीलाई यस मामिलामा धेरै पटक सोधपुछ भइसकेको छ । तर यो मनी लाउन्ड्रिङ प्रकरणले यी दुवै अभिनेत्रीलाई एकअर्काविरुद्ध उभ्याएको छ ।

नोरा फतेहीले ज्याकलिन र केही मिडिया कम्पनीविरुद्ध दिल्ली अदालतमा मानहानीको मुद्दा दायर गरेकी छन् । नोराले ज्याकलिनविरुद्ध २०० करोड भारुको मानहानीको मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नोराले सुकेश चन्द्रशेखरसँग संलग्न रहेको २०० करोड रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा आफ्नो नाम जबरजस्ती प्रयोग गरिएको आरोप लगाएकी छन् । नोराले ज्याकलिन र १५ मिडिया हाउसविरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन् । नोराले ज्याकलिन र मिडिया संस्थाहरु ‘एकअर्कासँग मिलेर काम गरिरहेको’ दाबी गरेकी छन् ।

Advertisement

नोराले वकिलमार्फत दायर गरेको निवेदनमा ‘उजुरीकर्ताको आर्थिक, सामाजिक र व्यक्तिगत चरित्र पतन गराउन षड्यन्त्र रचिएको र अभियुक्त नं. १ ले उक्त कारवाही गरेको’ बताएकी छन् । नोराले सुकेशसँग आफ्नो प्रत्यक्ष सम्पर्क भने नभएको बताएकी छिन् । उनले सुकेशकी श्रीमती लीना मारिया पलमार्फत सुकेशलाई चिनेको बताएकी छन् ।

नोराले सुकेश चन्द्रशेखरबाट उपहार लिएको पनि अस्वीकार गरेकी छन् । मिडिया ट्रायलका कारण आफ्नो इज्जतमा चोट पुगेको नोराको भनाइ छ । ज्याकलिन र नोरा मनी लान्ड्रिङ मुद्दामा ईडीको निशानामा छन् । ईडीले यस प्रकरणको अनुसन्धानका लागि दुवै अभिनेत्रीसँग पटकपटक सोधपुछ गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top