भारत र चीनका सैनिक फेरि भिडे, कयौं घाइते

२७ मंसिर,एजेन्सी ।
भारत र चीनका सैनिकहरूबीच फेरि सीमामा झडप भएको छ । भारतीय समाचार पत्र द हिन्दुका अनुसार अरूणाचलको सिमानामा गत शुक्रबार झडप हुँदा कयौं भारतीय सैनिकहरू घाइते भएका छन् । सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै हिन्दुले याङ्जी तवाङ क्षेत्रमा भएको झडपका क्रममा चिनियाँ सैनिक पनि घाइते भएको उल्लेख गरेको छ ।

घाइते भएका भारतीय सैनिकहरूलाई उपचारका लागि गुवाहटी लगिएको छ । भारत—चीन विवादित सीमा क्षेत्रस्थित ‘लाइन अफ एक्चुअल कन्ट्रोल’मै उनीहरुबीच तनाव भएको हो । अरुणाचल भारत र चीनको विवादित भूभाग हो, जुन अहिले भारतको कब्जामा छ ।

सन् २०२० को जुनमा लद्दाखको गल्वान उपत्यकामा चिनियाँ र भारतीय सैनिकबीच झडप भएको थियो । उक्त झडपमा २० जना भारतीय सैनिक मारिएका थिए । उक्त झडपमा मारिएका आफ्ना सैनिकबारे चीनले औपचारिक जानकारी दिएको छैन । त्यसयता एसियाका यी दुई छिमेकीबीच चिसिएको सम्बन्धमा सुधार आउन सकेको छैन ।

Advertisement

चीन र भारतबीच संसारकै सबभन्दा लामो सीमा विवाद छ । हिमालयका दुर्गम उपत्यका, खोंच, टाकुरा, पाटनमा भारतीय र चिनियाँ सैनिक छ दशकदेखि आमने–सामने छन् । उक्त क्षेत्रमा रणनीतिक महत्वका पूर्वाधार बनाउन उनीहरूबीच प्रतिस्पर्धा छ । दुवै देशले सैन्य बजेटको ठूलो हिस्सा त्यही हिमालयको वारिपारि खन्याएका छन् ।

यो क्रम बर्सेनि बढ्दो छ । सैनिक र कुटनीतिक तहमा पटक—पटक वार्ता भए पनि सम्बन्ध पूर्ववत् अवस्थामा फर्किन सकेको छैन । पछिल्लोपटक अक्टोबर २०२१ मा तवाङ्देखि ३५ किलोमिटर उत्तरपूर्वको याङ्सेमा चिनियाँ र भारतीय सैनिक आमनेसामने भएका थिए ।

Advertisement

चिनियाँ सैनिक १७ हजार फिटमाथिको पहाडमा उक्लिने प्रयास गरेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । यद्यपि अहिले उक्त क्षेत्र हिउँले ढाकेको छ । सन् १९६२ को युद्धमा चीनले तवाङका केही क्षेत्र आफ्नो कब्जामा लिएको थियो ।

सन् १९८६–८७ मा तवाङ नजिकैको सुमदोरोङ उपत्यकामा चीनसँग भिडन्त भएको थियो । अहिले ३६ वर्षपछि तवाङमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको छ । पेन्टागनले यसअघि नै अरुणाचलबारे चेतावनी दिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top