विश्वकपमा १० करोडको अवैध सट्टाबाजी, नेपाली एजेन्ट पक्राउ

२९ मंसिर,काठमाण्डौ ।
कतारमा जारी विश्वकप फुटबलमा सट्टाबाजी गराएको आरोपमा एक एजेन्ट पक्राउ परेका छन्। बेटिङ एप वान एक्स बेट लगायत एपमार्फत् सट्टाबाजी गराएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले बताएका छन् । कार्यालयबाट खटिएको टोलीले बुधबार काठमाडौं महानगरपालिका–२८ कमलपोखरीबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं–२ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई पक्राउ गरेको हो। उनीमाथि मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत अनुसन्धान अघि बढाएको छ। उनीमाथि थप अनुसन्धान गर्न कार्यालयले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ। एसपी कोइरालाका अनुसार गौली वान एक्स बेटमा सट्टाबाजी गराउने एजेन्ट हुन् ।

उनले रकम संकलन र भुक्तानी गरेको आधारमा २५ प्रतिशत कमिसन समेत पाउँथे। जसले गर्दा उनले धेरैभन्दा धेरै जनालाई सट्टाबाजीमा संलग्न गराउने प्रहरीले बताएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानको लागि इसेवा, आइएमइ पे, खल्तीबाट मात्रै दुई करोड ३६ लाख ३३ हजार १३८ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ।

यस्तै, २६ वटा अन्य डिजिटल वालेट तथा बैंकिङ प्रणालीमार्फत् ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँको कारोबार देखिएको एसपी कोइरालाले बताए। योसँगै उनको विभिन्न खाताहरूबाट मात्रै १० करोड ९ लाख २२ हजार १८४ रुपैयाँको कारोबार भएको देखिएको छ।

एसपी कोइरालाका अनुसार उनले १ वर्षदेखि यो काम गर्दै आएका थिए। यसरी बेटिङको काम सञ्चालन गर्नेहरूको सन्जाल कत्रो छ वा को को हुन् भन्नेबारेमा पनि थाहा पाउन मुश्किल भएको प्रहरीले जनाएको छ। गत मंगलबारमात्रै प्रहरीले ललितपुरको सानेपाबाट एक एजेन्टलाई पक्राउ गरेको थियो।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top