Nepal Times
Nepal Times
81
Shares

रामेछापमा जिप दुर्घटना हुदाँ ११ जना घाइते , ३ जनाको हेलिकप्टरमार्फत उद्दार

रामेछापमा जिप दुर्घटना हुदाँ ११ जना घाइते , ३ जनाको हेलिकप्टरमार्फत उद्दार

२ पौष , काठमाण्डौ ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँबाट भुजीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ । बा११ च ७५९२ नम्बरको बोलेरो जिप एकराते पहरा स्थित फास्तुमा दुर्घटना भएको हो । दुर्घटनामा परेर ११ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई उद्धार गरेर हेलिकप्टरमार्फ उपचारका लागि काठमाडौं पठाइएको ४ जना घाइतेलाई बोलेरो गाडीमा राखेर काठमाडौं ल्याइँदै गरेको र अरू घाइतेको जिल्ला सदरमुकाम मन्थलीमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजुप्रसाद ढकालले बताए । बोलेरो जिप सडकबाट ५० मिटर तल खसेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.