उत्तर कोरियाले फेरि हान्यो २ ब्यालेस्टिक मिसाइल

३ पौष ,एजेन्सी ।
उत्तर कोरियाले एक पटक फेरि पश्चिमी देशहरु तथा अमेरिकाको चेतावनीका बावजुद आइतबार २ वटा ब्यालेष्टिक मिसाइल प्रहार गरेको छ । कोरियाली प्रायद्वीपको पूर्वी तटबाट उत्तरले समुद्रमा दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाली सेनाले उक्त जानकारी दिएको हो ।

जापानका उपविदेशमन्त्री तोशिरो इनोले उत्तर कोरियाले प्रहार गरेको ब्यालेस्टिक मिसाइल जापानको विशेष आर्थिक करिडोर बाहिर खसेको हुनसक्ने बताए । जापानी रक्षा मन्त्रालयका अनुसार यी क्षेप्यास्त्र ५५० किलोमिटर (३४२ माइल) को उचाइमा उडेका र २५० किलोमिटर (५३ माइल) को दूरी तय गरेका थिए । हालसम्म कुनै क्षतिको खबर नआएको उप रक्षामन्त्रीले बताए ।

तीन दिन पहिले विहीबार उत्तर कोरियाले एक नयाँ सामरिक हतियार हाई–थ्रस्ट सोलिड–फ्युल मोटर को पनि परीक्षण गरेको थियो । यस लगत्तै आइतबार २ मिसाइल छोडेको हो । विज्ञहरूका अनुसार यसले ब्यालेस्टिक मिसाइललाई छिटो प्रक्षेपण गर्न मद्दत गर्छ । यो परीक्षणमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको पनि नजर थियो ।

Advertisement

उत्तर कोरियाले यो वर्ष अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सहित धेरै क्षेप्यास्त्र परीक्षण गरेको छ । उक्त क्षेप्यास्त्र अमेरिकी भूमिसम्म पुग्न सक्ने क्षमताको भएको बताइएको छ । पछिल्ला केही महिनामा उत्तर कोरियाले परमाणु सम्पन्न ब्यालेष्टिक मिसाइलहरुको परिक्षण गरेको थियो । जसमा उसको लामो दुरीको हवासोंग १७ अन्तरमहादेशिय ब्यालेष्टिक मिसाइल (आईसीबीएम) पनि सामेल थियो ।

केही विशेषज्ञहरुका अनुसार उत्तर कोरियाले आफ्नो हतियारहरुको परिक्षण किन पनि तिव्र पारिरहेको छ भने यसैबाट उसले आफूमाथि लागेको प्रतिबन्ध हटाउन र अन्य छुटका लागि अमेरिकालाई दबाव दिन चाहेको छ । यद्यपी उत्तर कोरियाको परमाणु हमलाको क्षमताको स्थिति कस्तो छ अहिलेसम्म यकिन हुन सकेको छैन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top