Nepal Times
Nepal Times
171
Shares

चीनसँग लड्न खतरनाक हतियार भण्डार गर्दै जापान

चीनसँग लड्न खतरनाक हतियार भण्डार गर्दै जापान

३ पौष, एजेन्सी ।
जापान सरकारले शुक्रबार एउटा नयाँ राष्ट्रिय सुरक्षा योजनालाई स्वीकृति दिएको छ ,जसले द्वितिय विश्व युद्धपछि जापानका सबैभन्दा ठूलो सैन्य कायापलट हुने संकेत दिएको छ । यस अन्तर्गत जापानले आफ्नो रक्षा खर्च दुई गुणा बढाउने निर्णय गरेको छ । जापानले क्षेत्रीय प्रतिद्वन्दीहरुबाट बढिरहेको रक्षा चुनौतीका बीच यो कदम उठाएको हो ।

जापानी उच्च अधिकारीहरुले देशलाई छिमेकी मुलुकहरु खासगरी चीनको साम्राज्यवादी नीतिका कारण आफ्नो शान्तीवादी नीति खतरामा परेको महसुस भएको बताएका छन् । टोक्योमा एक टेलिभिजन कार्यक्रमलाई सम्बोधन गर्दै जापानका प्रधानमन्त्री फुमियो किशिदाले भने कि सरकारले अस्थिर सुरक्षा रणनीति(एनएसएस), राष्ट्रिय रक्षा रणनीति(एनडिएस) र रक्षा बल विकास(डिएफडि) योजनालाई स्वीकृति प्रदान गरेको छ।

किशिदाले भने, नयाँ उपायहरुमा यस्ता प्रवाधानहरु सामेल छन्, जसले जापानलाई जवाफी आक्रमणका लागि सक्षम बनाउँछ र आपतकालिन स्थिति एवं विशिष्ट परिस्थितिहरुमा अन्य देशहरुको क्षेत्रमा सीधा हमला गर्ने क्षमता पनि दिन्छ । जापानले यी नयाँ रणनीति अन्तर्गत लामो दुरीसम्म मार हान्ने मिसाइलहरुको संख्या पनि बढाउने निर्णय गरेको छ ।

ताकी उसले प्रतिद्वन्दीहरुलाई जवाफ दिन सकोस् । प्रधानमन्त्री किशिदाले डिसेम्बरको पहिलो साता नै रक्षा र अर्थमन्त्रीलाई २०२७ सम्म जापानको रक्षा बजेट वर्तमान जीडीपीको २ प्रतिशतसम्म बढाउन निर्देशन दिएको जापानका रक्षामन्त्री यासुकाजु हमादालाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

क्योडो न्युज एजेन्सीका अनुसार प्रधानमन्त्री किशिदा आफ्नो देशमा यस्तो क्षमता भएको चाहन्छन् जसबाट शत्रुको भूमिमा प्रवेश गरी आक्रमण गर्न सकोस् । जापानले सन् २०२६ अघि यो क्षमताले लैजान सक्नेछैन । नयाँ स्टक बढाउन जापानले अमेरिकाबाट खतरनाक टमाहक मिसाइल किन्ने मन बनाएको छ ।

यो मिसाइलको दायरा करिब १६०० किलोमिटर रहेको छ । हाल, टमाहक अमेरिकी र बेलायती सेना द्वारा तैनाथ गरिएको छ। यो मिसाइललाई अमेरिकी नौसेनाको ब्रह्मास्त्र भनिन्छ। वर्ष २०१८ मा, यो नौसेना को एक हिस्सा भएको थियो । त्यस समयमा यो सिरियामा प्रयोग भएको थियो र टट मिसाइलहरूले सिरियाली रासायनिक हतियार कारखानालाई नष्ट गरेका थिए ।

जापान सरकारले यो निर्णय यस्तो बेला लिएको छ जतिबेला टोक्यो दशकौंदेखि आफ्नो सबैभन्दा विपरित सुरक्षा परिस्थितिहरुको सामना गरिरहेको छ । जापान चीनलाई आफ्नो सबैभन्दा ठूलो रणनीतिक चुनौती मान्दै आएको छ ।

यसबीच चीनले जापान नजिकको क्षेत्रहरुमा आफना् नौसेना तथा वायु सैनिकहरुको तैनाथी बढाइदिएको छ । चीन सेनकाकू द्वीप समूहमा आफ्नो दाबी गर्दै आएको छ जो अहिले जापानको कब्जामा छ । यता चिनियाँ जहाज सेनकाकू द्वीप नजिक लगातार आक्रमण गरिरहेको छ, जसलाई उसले डियाओयस भनेको छ । यता जापान आफ्नो हवाई क्षेत्रबाट दैनिकजसो चिनियाँ युद्धक विमानहरुलाई खेदिरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.