×

NEPAL TIMES UPDATES

Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026

पाकिस्तानमा बढ्यो तालिबानी आतंक

४ पौष , एजेन्सी ।
तालिबान आतंककारीहरुले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको क्यान्टोन्मेन्टमा हमला गरेको छ । काउन्टर टेररिज्म सेन्टर (सीटीडी) माथि हमला गरी ९ सैनिक बन्धक बनाएको ती आतंककारीहरुले दावी गरेका छन् ।तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) का आतंककारीले आइतबार क्यान्टोन्मेन्टमा हमला गरेका हुन् ।

आतंककारीहरुले सीटीडीको एक भाग पूर्णरुपमा कब्जा गरेको बताइएको छ । तालिबानी आतंककारीहरुले त्यहाँ रहेका केही वान्टेड आतंककारीहरुलाई बाहिर निकाली दिएका छन् । आतंककारीहरुले क्यान्टोनमेन्टको सीटीडी स्टेसन पुगेर पाकिस्तानी सैनिकमाथि हमला गरेका थिए । टीपीपी प्रतिबन्धित लगभग २५ आतंककारीको गिरफ्तार गरी सोधपुछ भइरहेको छ ।

Advertisement
Advertisement

यी आतंककारीहरुसँग आधुनिक हातहतियार रहेको बताइएको छ । आतंकारीहरुले सीटीडीबाट एक भिडियो जारी गर्दै पाकिस्तानका ९ सैनिक बन्धन बनाएको बताएका छन् । सुवेदार खुर्शी अकरमसहित आठ सैनिक बन्धन बनाएको उनीहरुले दावी गरेका छन् । उनीहरुले अफगानिस्तान जाने वातावरण मिलाइन दिन यहाँको प्रशासनसँग माग गरेका छन् ।

त्यसका लागि सकेजति छिटो हेलिकोप्टरको बन्दोबस्त गरिदिन समेत आग्रह गरेका छन् । तर, उनीहरुले क्यान्टोन्मेन्ट सेन्टरमा टेलिफोनको लाइन काटिदिएका छन् । खैरब पख्तुनुख्वाका मुख्यमन्त्रीका सहायक मोहम्मद अलि सैफका अनुसार आतंककारीहरुको आशंकामा पक्राउ परेका केही व्यक्तिहरुले सुरक्षाकर्मीको हतियार खोस्ने प्रयास गरेका थिए ।

हाल यो क्षेत्र पूर्णरुपमा प्रहरीले नियन्त्रणमा लिएको छ। सुरक्षाकर्मीले सो क्षेत्रलाई चारैतिरबाट घेरा हालेका छन् । एक वरिष्ठ प्रहरी अधिकारीले करिब २५ प्रतिबिन्धित टीपीपीका आतंककारीहरुलाई पक्राउ गरी सीटीडीले सोधपुछ गरिरहेको अवस्थामा हमला भएको हो ।

Advertisement
Advertisement

यो घटना हुनुभन्दा केही समयअघि दक्षिण बजीरिस्थान जिल्लाको लक्की मारवतको सीमा क्षेत्रमा रहेको एक प्रहरी चौकीमा पनि आक्रमण भएको थियो । सो आक्रमणमा ४ जना प्रहरीको मृत्यु भएको थियो भने कयौं घाइते भएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top