१५ वर्षीया किशोरी बलात्कारको आरोपमा २९ वर्षीय युवक पक्राउ : भक्तपुर

४ पुस ७९, मंगलबार

५ पौष ,काठमाडौं ।

Advertisement

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको छ।सूर्यविनायक नगरपालिका ४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका ६ का २९ वर्षीय महमद आरिफ शेखलाई प्रहरीले पक्राउ गरेको हो। उनी सोमबार साँझ पक्राउ परेका हुन्।

उनले ती किशोरीलाई सूर्यविनायक नगरपालिका ४ मोर्डन चोकमा लगेर आइतबार राति बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी खटिएको थियो।प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।घटनावारे थप अनुसन्धान जारिरहेको प्रहरीको भनाई छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top