अस्वस्थताका कारण माधव नेपाल टिचिङ अस्पतालमा भर्ना

५ पौष ,काठमाडौं ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले मंगलबार त्रि।वि। शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष नेपालको उपचारमा त्रि।वि। शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा। सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न रहेको छ । संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको पनि सचिवालयको भनाइ छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top