×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

१ घण्टामै ५०० स्मार्ट लाइसेन्स छाप्ने मेसिन र १० लाख कार्ड ल्याइँदै

११ भाद्र २०७५

काठमाडौं, भदौ ११
यातायात व्यवस्था विभागले १ घण्टामै ५०० लाइसेन्स छाप्ने मेसिन खरिद गर्ने भएको छ । स्मार्ट लाइसेन्सको समस्या समाधान गर्न विभागले १० लाख कार्ड र लाइसेन्स प्रिन्ट गर्ने ठूलो मेसिन गरिद गर्न लागेको हो ।

सामाग्री खरिद गर्नका लागि भदौ महिनामै बोलपत्रको आब्हान गरिने विभागका महानिर्देशक लावन्यकुमार ढकालले बताए । ‘हामीले यो वर्ष १० लाख स्मार्ट कार्ड र लाईसेन्स प्रिन्ट गर्ने ठूलो मेसिन खरिद गर्ने तयारी गरेका छौं’, ढकालले भने( ‘भदौको अन्त्यतिर बोलपत्र आब्हान हुनेछ ।’

Advertisement
Advertisement

१० लाख स्मार्ट कार्डका लागि १८ करोड र प्रिन्ट मेसिनको लागि ४ करोड रुपैंया छुट्याइएको विभागका निर्देशक तुलसीराम अर्यालले जानकारी दिए । उनका अनुसार बोलपत्र आब्हानका लागि १ महिनाको समय निर्धारण गरिएको छ । यसको १५ दिनमा कम्पनीको अध्ययन गरी कम्पनी छनोट गरिनेछ ।

विभागले ल्याउन लागेको ठूलो मेसिनले प्रतिघण्टा ५ सय स्मार्ट लाइसेन्स प्रिन्ट गर्नेछ । यस हिसाबले दैनिक ८ घण्टा लाइसेन्स प्रिन्ट गरे ४ हजार लाइसेन्स प्रिन्ट गर्नेछ । विभागसँग हाल ८ वटा लाइसेन्स प्रिन्ट गर्ने मेसिन रहेको छ । तर समय(समयमा बिग्रिने समस्याले कार्ड छपाइमा सुस्तता आउने गरेको छ ।

तयारीबिनै स्मार्ट कार्ड वितरण

विभागले २०७२ मंसिर २० बाट स्मार्ट लाइसेन्स वितरण शुरु गरेको हो । तर आवश्यक तयारी बिनै लाइसेन्स वितरण शुरु गरेकोले सेवाग्राहीले समस्या भोग्नु परेको विभागका प्रमुख ढकालले बताए । उनले भने( “विभागले पहिला अध्ययन गरेर मात्र लाइसेन्स वितरण गर्नुपर्ने हो, पहिले सिमित क्षेत्रमा प्रयोग गरेर विस्तारै क्षेत्र बढाउँदै जानु पर्ने तर एसियाली विकास बैंकको सहयोग आयो भन्दै हतारमा यो प्रणाली लागू गर्नु गल्ती भयो ।”

अहिले विभागसँग ९ वटा मेसिन रहेको छ, यी मेसिनबाट दैनिक १५ सय वटा डिजिटल लाइसेन्स छापिइरहेको छ । अब ठूलो मेसिन ल्याएपछि दैनिक ५ हजार डिजिटल लाइसेन्सको उत्पादन हुने विभागले अनुमान गरेको छ ।

डिजिटल लाइसेन्स समयमै निर्माण नहुँदा हजारौं व्यक्तिहरु विभागको राजस्व तिरेको रसिदबाट सवारी सञ्चालन गरिरहेका छन् । अहिले दैनिक ४ हजार स्मार्ट लाइसेन्स माग रहेको छ । विभागले ट्रायल परिक्षा उत्तिर्ण गरेका २ लाख भन्दा बढी व्यक्तिको लाइसेन्स छपाई गर्न बाँकी रहेको छ ।

विभागको अनुसार अहिले सबैभन्दा धेरै मोटरसाइकलको लाइसेन्स निर्माण गर्न बाँकी रहको छ । विभागले नयाँ लाइसेन्स परिक्षामा भाग लिन दैनिक अनलाइन फारम मार्फत ३ सय ६० कोटा मात्र लिने गरेको छ ।

Advertisement

विभागमा ३० लाख ५४ हजार सवारीसाधन दर्ता भएका छन् । त्यसमध्ये २४ लाख ६ हजार मोटरसाइकल, ४८ हजार ४५८ ठुलाबस, २४ हजार ८७२ मिनीबस, ८३ हजार ७१० ट्रक, कार र जीपको संख्या २ लाख ७० हजार ६६५, पिकअप ५१ हजार ९०, माइक्रोबस ६ हजार ६५७, ट्याम्पु ३९ हजार ५७५ रहेका छन् । ट्याक्टर र पावर टेलर १ लाख ८५६ रहेको विभागले जनाएको छ ।
(बिकास न्युजबाट)

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top