×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026

हर्कलाई अदालतको लगाम, वनमा साबुन उद्योग खोल्ने हर्कको सपना अधुरै

७ पुष २०७९

७ पौष,विरमटनगर ।
लामो समयदेखि धरान उपमहानगरले आफ्नै पहलमा जनश्रमदानबाट रोजगारी सृजनाका लागि भन्दै साबुन उद्योग निमार्ण गर्ने मेयर हर्क साम्पाङ राईको योजनामा कानुन बाधक बनेको छ । साबुन उद्योग निर्माण कार्य नगर्न मेयर हर्क र धरान उपमहानगरपालिकाविरुद्ध अन्तरिम आदेश जारी भएको छ ।

उच्च अदालत विराटनगरका न्यायाधिश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलाशले बुधबार अन्तरिम आदेश जारी गरेको हो । अदालतको यो आदेशसँगै धरानको वडा नं २० स्थित नमुना टोलमा भइरहेको साबुन उद्योग निर्माण कार्य रोक्नुपर्ने भएको छ ।

Advertisement

डिभिजन वन कार्यालय सुनसरीले वन क्षेत्रको जग्गा भएको र उद्योग खोल्नुपर्ने भए जग्गाको भोगाधिकार प्राप्त गर्ने आवश्यक प्रक्रिया पूरा गरेर मात्र काम अघि बढाउन उपमहानगरपालिकालाई आग्रह गरेको थियो । तर, मेयर साम्पाङले भने उक्त जग्गा वनको नभएको दाबी गर्दै कामलाई निरन्तरता दिएका थिए ।

लिखितरुपमा पत्राचार गर्दा र भेटेर आग्रह गर्दा पनि मेयर साम्पाङले काम नरोकेपछि डिभिजन वन कार्यालयले उप्रेषणयुक्त परमादेशसमेत जारी गर्न माग गर्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो । उक्त रिटको सुनुवाई गर्दै बुधबार वन कार्यालयको माग वमोजिम अन्तरिम आदेश जारी भएको हो ।

सुनसरी जिल्ला वन कार्यालयका प्रमुख भीमबहादुर कालिकोटेले वन क्षेत्रको जमिनमा अनधिकृत रूपमा साबुन उद्योग स्थापना हुन थालेको भन्दै त्यो काम रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले ‘धरान २० स्थित सर्दु खोला किनारको नमुना बस्ती नजिकै बनाउन थालिएको साबुन उद्योग सामुदायिक वन क्षेत्रको जमिन भएको उल्लेख गर्दै वातावरणीय प्रभाव मूल्यांकनसमेत नगरी उद्योग स्थापना गर्ने काम प्रथम दृष्टिमै गैरकानुनी देखिएको’ उल्लेख गरेको छ।

पछिल्लो समय आफ्ना समर्थकहरूबाट श्रमदान गराउँदै मेयरले ढुंगा जम्मा गर्ने, गिटी कुटाउने काम गरिरहेका थिए। साबुन उद्योग खोलेर स्थानीयलाई रोजगारी दिलाउने योजना रहेको मेयर साम्पाङले बताउदै आएका थिए । अदालतको यो आदेश आएपछि मेयर साम्पाङले भने असन्तुष्टि पोखेका छन् ।

Advertisement

सामाजिक सञ्जाल फेसबुकमा उनले वन विभाग र राजनीतिक दल धरानको उत्पादन र रोजगारी रोक्न लागेको प्रतिक्रिया दिएका छन् । सामाजिक संजालमा सक्रिय मेयर हर्कले एकै दिनमा ५ वटा मुद्दा लाग्ने नेपालको मेयर म मात्रै होला भन्दै तर यात्रा जारी रहने र एक हजार वटा मुद्धा लागेपनि जनतालाई बिकास दिएरै छाड्ने बताएका छन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top