×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

जनार्दनले खोलिदिए राष्ट्रपतिको नाम/ रामचन्द्र कि माधव ?

७ पुष २०७९

७ पौष, काठमाण्डौ ।
नवनिर्वाचित सांसदहरुको समथग्रहण सम्पन्न भएसँगै दलहरुले नयाँ सरकार गठनलाई प्राथमिकताका साथ अघि बढाएका छन् । राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरिसकेको अवस्थामा अनौपचारिक रुपमा छलफललाई अघि बढाएका दलहरुले आजदेखि औपचारिक र घनिभूत रुपमा सरकार गठनको छलफललाई अघि बढाउने बताएका छन् ।

पहिले सरकार गठन हुने भएपनि अझै दुई महिना कार्यकाल बाँकी रहेको राष्ट्रपतिका लागि दलहरुले आफ्नो दावी अघि सारेका छन् । ठूलो दलका रुपमा काग्रेसले अहिलेकैै गठबन्धनलाई साथमा लिएर सरकार बनाउने तयारी गरेपछि प्याकेजमै सहमति गर्दा राष्ट्रपति को बन्ने भन्ने वहसले अहिले प्राथमिकता पाएको छ ।

Advertisement

राष्ट्रपतिको चर्चाका बीच नेकपा माओवादी केन्द्रका सांसद तथा अर्थमन्त्री जनार्दन शर्माले आगामी राष्ट्रपतिमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल मध्ये एक बन्ने बताएका छन् । उनले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने दाबी गरेका छन्।

शपथ ग्रहणका संघीय संसद् भवन पुगेका अर्थमन्त्री शर्माले गठबन्धनले तोकेकै समयमा सरकार बनाउने बताए। उनले भने, ‘गठबन्धनमा छलफल भइरहेको छ। माधव कमरेड बिरामी भएर हस्पिटलमा हुनुहुन्छ। उहाँ डिस्चार्ज भएपछि गठबन्धनको बैठक बसेर निर्धारण हुन्छ। मैले मैले भन्दा पहिलो पटक अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ। तर, निर्णय भएको छैन।’

उनले राष्ट्रपति राजनीतिक व्यक्ति हुने उल्लेख गर्दै बाहिर आएको चर्चाले अर्थ नराख्ने बताए। उनले आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने बताएका छन् । यता राष्ट्रपतिका लागि चर्चामा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन्। शपथका लागि संसद् भवन प्रवेश गर्ने क्रममा तपाईं राष्ट्रपति बन्न लाग्नुभएको हो ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले अब आफू संसदमा धेरै बस्ने बताएका छन् ।

गठबन्धनको सरकार बन्ने दाबी गर्दै पावर शेयरिङको विषयमा गठबन्धनमा छलफल नै हुन नपाएको उनले बताएका छन् । यस्तै राष्ट्रपतिका लागि चर्चामा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू राष्ट्रपति बन्नका लागि योग्य उमेरमा पुगेको बताएका छन् ।

उनी आउँदो फागुन २६ गतेदेखि ७० वर्ष पूरा हुँदै छन् ।अध्यक्ष नेपालले यसअघि दुईपटक आफूले राष्ट्रपति पद अस्वीकार गरेको पनि बताए । संघीय संसद् भवनमा नवनिर्वाचित सांसदहरूको शपथग्रहणअघि बसेको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीसँग नेपालले यस्तो बताएका हुन् । “मलाई ०६४ सालमा पनि राष्ट्रपति बन्ने प्रस्ताव आएको थियो ।

Advertisement

०७२ सालमा संविधान जारी भएपछि पनि राष्ट्रपति बन्ने प्रस्ताव आएको थियो,” उनले भने, “त्यस बेला मैले उमेरका कारण म सक्रिय राजनीति गर्ने अवस्थामा छु भनेर अस्वीकार गरेको थिएँ ।” उनले अहिले दलका नेताहरूसँग राष्ट्रपति को बन्ने भन्ने विषयमा छलफल नभए पनि आफू उमेरका हिसाबले उपयुक्त समयमा रहेकोे आशय प्रकट गरेका छन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top