क्षेप्यास्त्र कारबाहीमा कमाण्डरसहित १४ आइएस लडाकू मारिए

११ भदौ ७५, सोमबार
Share this
695shares

जलालाबाद, भदौ ११
अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अमेरिकाआवद्ध नेटो संयुक्त सैन्य गठबन्धनले गरेको क्षेप्यास्त्र आक्रमणमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहका एकजना वरिष्ट नेता मारिएका छन् । आइएस लडाकू लुकेर बसेको स्थानलाई लक्ष्य गर्दै संयुक्त गठबन्धन सेनाले लामो दुरीसम्म आक्रमण गर्नसक्ने क्षेप्यास्त्र प्रहार गरेको सेनाद्वारा सोमबार जारी गरिएको एक विज्ञप्तिमा जनाइएको छ ।

Advertisement

नान्गाहार प्रान्तको खोग्यानी जिल्लाको वजीरी इलाकामा भएको यस कारबाहीमा परी मारिने आइएसका नेता अबु साद इर्हाबी रहेका छन् ।साथै सो कारबाहीमा अरु १४ जना आइएस आतङ्ककारी पनि मारिएका अफगान सेनाले जारी गरेको सो विज्ञप्तिमा जानकारी दिइएको छ । प्रान्तीय राजधानी जलालाबादबाट दक्षिणपश्चिममा पर्ने यस पहाडी जिल्लामा भएको यस कारबाहीको क्रममा सात आतङ्ककारी घाइते भएका पनि जारी सो विज्ञप्तिमा जनाइएको छ ।

उक्त पहाडी क्षेत्रमा भएको सो क्षेप्यास्त्र कारबाहीमा परी अरु करिब सातजना आइएस लडाकू घाइते पनि भएका बताइएको छ ।
(रासस÷एपी)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top