Nepal Times
Nepal Times
3
Shares

बालेनको साथमा उभियो काठमाडौंको नेवाः समुदाय

बालेनको साथमा उभियो काठमाडौंको नेवाः समुदाय

९ पौष, काठमाण्डौ ।
काठमाडौं महानगरपालिका भित्रका अनधिकृत बस्ती हटाउने महानगरपालिकाको प्रयासलाई उपत्यकाका नेवार समुदायहरुले समर्थन गरेका छन् । शनिवार काठमाडौं उपत्यकाका नेवार समुदायहरुले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएका हुन् ।

उनीहरुले काठमाडौंका विभिन्न नदी किनारमा घर, टहरा बनाइ बसोवास गर्दै आइरहेका अनधिकृत बस्ती हटाउन महानगरपालिकाले गरेको प्रयास र त्यसका बिरुद्ध गरेको प्रतिरोधका घटनाहरुप्रति काठमाडौंवासीहरुको समर्थन रहेको बताए ।

उनीहरुले काठमाडौं महानगरपालिकालाई समस्यामुक्त बनाउन महानगरले चालेको अनधिकृत बस्ती हटाउने कुरामा स्ववासीहरुको पूर्ण समर्थन रहेको बताए । कार्यक्रममा बोल्दै नेवाः जातिय महासंघका अध्यक्ष मनोज खड्गीले काठमाडौं महानगरपालिकाका धेरै ठाउँमा सुकुम्वासी र स्वावासीहरु अनधिकृत रुपमा बसोवास गरिरहेकाले सबैलाई काठमाडौंको जग्गा वितरण गर्न नसकिने भन्दै थातथलो भएकै स्थानमा व्यवस्थापन गर्नुपर्ने बताए ।

उनले अहिलेको अवस्थालाई हेरेर केही मानिसको व्यवस्थापन गर्न लागेको खण्डमा भविष्यमा अतिक्रमण गरेर आउनेलाई व्यवस्थापन गर्न कठिनाइ हुने पनि उल्लेख गरे । उनले सुकुम्वासीको नाममा जग्गा लिने र १० वर्षपछि बेचेर फेरि सुकुम्वासी हुँ भन्दै हिँड्ने उदाहरण देखिसकेको भन्दै अनधिकृत रुपमा बस्ने मानिसहरुलाई उनीहरुकै थातथलोमा व्यवस्थापन हुनुपर्नेमा जोड दिए । खड्गीले महानगरले चालेको कदम सही भएको भन्दै नैतिक रुपमा समर्थन गरेको सुनाए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.