×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रचण्डको सरकारमा सघाउने रविको निर्णयले पार्टीमा विवाद

११ पुष २०७९

११ पौष,काठमाण्डौ ।
पटक पटक परिक्षण र असफलसिद्ध भइसकेका शीर्ष नेता खासगरि पूर्व प्रधानमन्त्रीहरुलाई ठाउँका ठाउँ हराउने अभिब्यक्ति दिदै मंसिरको प्रतिनिधिसभा चुनावमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने अहिले तिनै नेताहरुलाई सघाउने गरि सरकारमा सहभागि हुने भएका छन् । रविकै नेतृत्वमा रास्वपा सरकारमा जाने भएको छ ।

अघिल्लो साता बसेको रास्वपाको बैठकले सरकारमा जाने नजाने निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई नै दिएको थियो । २० सिट रहेको रास्वपाले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको छ । अब महत्त्वपूर्ण मन्त्रालयमा रास्वपाको दाबी छ । तर पार्टीहरूको संयुक्त बैठकले मन्त्रालयको भागवण्डा लगाउने छ । रास्वपाले उपराष्ट्रपति र उपसभामुखको सट्टा मन्त्रालयमै दाबी गर्ने भएको छ ।

Advertisement

सरकारमा सहभागी हुनेबारे अहिले रास्वपाका नेताहरू आन्तरिक छलफलमा छन् । यता सरकारमा सहभागि जनाउने तरखर गर्दै गर्दा रास्वपामा विवाद देखिएको छ । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीको उक्त निर्णयप्रति असहमति जनाउँदै पत्र पठाएका छन् ।

पार्टीलाई पठाएको असहमति पत्रमा केन्द्रीय सदस्य कार्कीले लेखेका छन्, ‘सत्ता स्वार्थकै कारण जोसँग पनि मिल्ने र छुट्टिने गरेको देखेर ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेर आमनागरिकहरूको निराश मनस्थितिमा हामी अलग छौँ, अलग रहनेछौँ र अलग गर्नेछौँ भनेर मत मागेका थियौँ।

चुनावको परिणाम आउँदै गर्दा हतार हतारमा हामी पनि उनीहरु जस्तै छौँ भन्न ‘आफ्नै कान किन आफैले चिर्न थाल्यौँ?’ यो प्रश्नको जवाफ मसँग छैन।’ प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने विषयमा रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर आइतबार छलफल गरेका थिए ।

राष्ट्रपति गैरराजनीतिक व्यक्ति हुनुपर्ने भन्दै आफूहरुले वकालत गरेको स्मरण गर्दै कार्कीले प्रश्न गरेका छन्, ‘हामीले आफ्नो तर्फबाट राजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सकौंला ? खारेजै गर्नुपर्छ भनिएको संवैधानिक परिषदमा रहने पद हाम्रो भागमा पर्यो भने हामी नाइँ भनौंला ? हाम्रो पार्टीको चरित्र र हिजो हामीले आलोचना गरेका पार्टीहरु भन्दा भिन्न के भयो ?’

पार्टीको चुनावी बाचापत्रमा आफूहरुले उठाएका ललितानिवास काण्ड, वाइडबडी काण्ड, कोभिड भ्याक्सिन काण्ड लगायतको निष्पक्ष छानबिन होला भन्नेमा पनि उनले शंका गरेका छन् । यस्तै रास्वपाले अहिले नै सरकारमा जान हतार गरेको भन्दै सामाजिक संजालमा पनि धेरैले आलोचना गरेका छन् । केही वर्ष प्रतिपक्षमा बसेर संसदको काम कारबाही बुझ्न र खबरदारीको भूमिका निभाउन रास्वपालाई केहीले सुझाव पनि दिएका छन् ।

Advertisement

प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेर शीतल निवासस्मम पुगेका सभापति रवि लामिछानेले भने सरकारमा जाने निर्णय र पार्टी भित्र उठेका प्रश्नका विषयमा भने कुनै प्रतिक्रिया दिएका छैनन् । निर्वाचन परिणाम पछिका समयमा भने रविले जनताले ठूलो अपेक्षा गरेको भन्दै ती अपेक्षाहरु सरकारमा नगई पूरा हुन् नसक्ने बताउँदै आएका थिए ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top