विष्णु पौडेलको कमब्याकसंगै सेयर बजारमा हरियाली

११ पौष,काठमाण्डौ ।
नेकपा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफ्नो नेतृ्त्वमा मन्त्रिमण्डल गठन गदैगर्दा आज सेयर बजारमा हरियाली छायो । प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्ने चर्चासँगै सोमबार बिहानैदेखि सेयर बजार चम्किएको हो ।

लगानीकर्ताहरुले रुचाइएका अर्थमन्त्रीभित्र पौडेल पर्छन् । उनको कार्यकालमा सेयर बजारले राम्रो उचाइ लिएको लगानीकर्ताहरु बताउँछन् । फेरी उनै पौडेललाई अर्थमन्त्रीका रुपमा पाउने भएपछि लगानीकर्ताहरु हौसिएका छन् । गुमाएको लगानी फिर्ता गर्ने आशमा लगानीकर्ताहरु रहेका छन् ।

आज  नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४ विन्दुमा पुगेको छ । यो ३ प्रतिशतभन्दा बढि हो । सेन्सेटिभ इण्डेक्स ८.३८ अंकले बढेर ३७५.४४ विन्दुमा पुगेको छ । कारोबारमा आएका १२ समूहको सूचक सकारात्मक देखिएका छन् । यसदिन फाइनान्स समूहको सूचक ६.५२ प्रतिशतले बढ्यो ।

Advertisement

हाइड्रोपावरको ५.१६ ,डेभलपमेन्टको ४.६६ र इन्भेस्टमेन्टको सूचक ४.१७ प्रतिशतले वृद्धि भयो । यस्तै बैंकिङ,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको सूचक ३ प्रतिशत बढिले उकालो लाग्यो । माइक्रो फाइनान्स, मनु एन्ड प्रो, लाइफ इन्स्योरेन्स र होटल्स एन्ड टुरिजम समूहको सूचक २ प्रतिशतले बढिले वृद्धि भयो। म्युचुअल फण्डको सूचक १ प्रतिशतले बढ्यो ।

१२ समूहको सूचक सकारात्मक देखिएको बजारमा अदर्श समूहको सूचक भने नकारात्मक देखियो । यसदिन २५० कम्पनीको सेयर कारोबार भयो। ५६ लाख ५३ हजार ०५३ कित्ता सेयर २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँमा खरिदबिक्री भयो । करिब १ दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारिमा बढ्दा १० कम्पनीको मूल्य ८ प्रतिशत बढिले बढ्यो ।

Advertisement

कारोबार रकमका आधारमा नेपाल दूरसंचार कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड बढी रुपैयाँको सेयर कारोबार भयो । यस्तै हिमालयन डिस्टलरी ११ अर्बमाथिको सेयर कारोबार गरी दोस्रो स्थानमा रह्यो । पौडेल अर्थमन्त्रीमा हुँदा सेयर बजारले सकारात्मक लय समात्ने गरेको पुरानो रेकर्ड छ ।

नेकपा एमालेको नेतृत्वमा पौडेल अर्थमन्त्री भएकै बेला सेयर बजारले यसअघिको बुलिस हाई बनाएको थियो । त्यो बेला सूचक १८८० सम्म पुगेको थियो । त्यसपछि माओवादी र कांग्रेसको सरकार बन्दा पुँजीबजार निकै सेलाएको थियो । जुन नेकपा एमालेले पुनः बागडोर सम्हाले लगत्तै सुधारिएको थियो ।

११ सय सम्म पुगेको बजारले एमाले कार्यकालमा ३ हजार विन्दु पार गरेको हो । विशेषगरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र विष्णु प्रसाद पौडेल अर्थमन्त्री हुँदा सेयर बजारले उकालो लय समाउने गरेको रेकर्ड छ । ओली सरकारले हालका गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको थियो ।

एमालेले नै अर्थ सम्हाल्ने भएपछि गभर्नर अधिकारीको पनि सहयोगी भूमिकामा हुने जानकारहरु बताउँछन् । ब्याजदर र चालु पुँजी कर्जा सम्बोधन हुने उनीहरुको अपेक्षा छ । तर गभर्नर अधिकारी कै अप्रिय नीति ४÷१२ का कारण सेयर बजार उँधो लाग्न सुरु गरेको विश्लेषकहरु तर्क समेत गर्छन् ।

यद्यपी अर्थमन्त्री पौडेल र गभर्नरबीच समन्वय भएर अहिलेको समस्या समाधान हुने अपेक्षाले बजारले उकालो बाटो तय गरेको हो । अर्थमन्त्री पौडेल समन्वयकारी भूमिका निभाउन सक्ने राजनीतिज्ञको रुपमा चिनिन्छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top