विश्वकपले रोकिएका प्रिमियर लिगका खेलहरु सुरु

११ पौष,एजेन्सी ।
कतारमा भएको फिफा विश्वकप २०२२ का कारण बीचमै रोकिएको प्रिमियर लिग फुटबल आजदेखि फेरि सुरु हुँदैछ । नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप हुँदा लिगमा मिड सिजन ब्रेक भएको थियो । पहिलो पटक जाडो मौसममा विश्वकप फुटबल हुँदा घरेलु लिगको चर्चित इंग्लिस प्रिमियर लिगका खेलहरु रोकिएका थिए ।

६ सातापछि विश्वकै चर्चित प्रिमियर लिगका खेलहरु आजदेखि फेरि हुन लागेका हुन् । आज इंग्लिस प्रिमियर लिगमा ७ खेलहरु हुनेछन् । आजको पहिलो खेलमा ब्रेन्टफर्ड र टोटेनहमबीच साँझ सवा ६ बजे सुरु हुनेछ । यो खेल ब्रेन्डफोर्डको मैदानमा हुनेछ । क्रिस्टल प्यालेस र फुलहम, एभर्टन र वल्भ्स, लेस्टर सिटी र न्यूक्यासल तथा साउथह्याम्टन र ब्राइटनबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ ।

एस्टन भिल्ला र लिभरपुलबीचको खेल राती सवा ११ बजे भिल्लाको मैदानमा हुनेछ । त्यसपछि मध्यराती पौने २ बजे शीर्ष स्थानको आर्सनलले वेष्टहमसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप पछि इंग्लिस लिग कपका खेलहरु भने यसअघि नै सुरु भइसकेको छ ।

Advertisement

प्रिमियर लिगसहित फ्रेन्च लिग र स्पानिस ला लिगा यही डिसेम्बरमै सुरु हुनेछ बाँकी लिग नयाँ वर्ष लागेपछि सुरु हुनेछ । फ्रेन्च लिग १ डिसेम्बर २८ तथा ला लिगा डिसेम्बर २९ देखि शुरु हुनेछ । इटालियन सिरी ए जनवरी ४ मा र जर्मन बुन्डेसलिगा जनवरी २० देखि सुरु हुनेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top