आज नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस

१६ पुस ७९, आइतबार

१७ पौष, काठमाण्डौ ।
आज अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालमा नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाईदै छ । २०६३ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रिय पोशाकको प्रयोगमा कमी आएपछि जनस्तरबाट टोपी दिवस मनाउन थालिएको हो । पछिल्ला दिनहरुमा भने यसले फेशनको रुप लिएको छ ।

युवा युवतीहरु आजको दिन टोपी तथा राष्ट्रिय पोशाकमा सजिन थालेका छन् । नेपालमा भादगाउँले तथा ढाकाको टोपीको प्रचलन रहेको छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । विशेष गरी पहाडी क्षेत्रमा जुनसुकै समुदायमा पनि टोपी अभिन्न वस्त्र हो ।

नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । देशमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् । यसैगरी, ‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने नारासहित आइतबार एक समूहले ‘राष्ट्रिय पोशाक दिवस’ मनाउँदैछन् ।

Advertisement

अंग्रेजी नयाँ वर्षको पहिलो दिन समेत पर्ने यस दिनमा देश विदेशमा छरिएर रहेका नेपालीहरुले नेपाली पोशाक दौरा सुरुवाल, टोपी, गुन्युचोली लगाएर प्रचार प्रसार गर्ने गरेका छन् । वि.सं. २०७० साल पौष १७ गते गतेदेखि यस दिनलाई राष्ट्रिय पोशाक दिवसका रुपमा मनाउन थालिएको हो ।

नेपाली मौलिकता तथा संस्कृतिलाई विदेशी संस्कृतिले धरासयी बनाउन लागेको अवस्थामा नेपाली संस्कृति र सभ्यतालाई विश्वभर उजागर गर्न राष्ट्रिय पोशाक दिवसको सुरुवात गरिएको हो । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्। नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, काश्मीर, टर्कीए, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ।

Advertisement

विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ। तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्। यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्। यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top