×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरको मुटुमा माघ १२ देखि सडक महोत्सव

१८ पुष २०७९

१८ पौष , विराटनगर ।
विराटनगरमा पुनः एकपटक ’विराट सडक महोत्सव’ आयोजना हुने भएको छ। मन्जिना मुभिज क्रिएशनको आयोजनामा विभिन्न जातजातिको सांस्कृतिक सभ्यतालाई जीवन्त राख्ने उद्देश्यका साथ आउँदो माघ १२ गतेदेखि तेस्रो संस्करणको तीन दिवसीय सडक महोत्सव आयोजना हुने भएको हो।

विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवबारे सम्पूर्ण जानकारी दिएको छ। विगत झैं भव्य तयारीका साथ सडक महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका निर्देशक जतिन ताम्राकारले बताएका छन् । महोत्सवमा राजवंशी, मैथिल, लिम्बु र नेवार लगायतका विभिन्न जातजातिको सांस्कृतिक सभ्यता झल्किने प्रकृतिका कार्यक्रमहरू समेत रहने उनले जानकारी दिए।

Advertisement

माघ १२ देखि माघ १४ गतेसम्म चल्ने महोत्सवमा स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरूको सांगीतिक प्रस्तुति रहने समेत ताम्राकारले बताएका छन् । महोत्सवमा ४० स्टलको बुकिङ खुल्ला गरेको समेत उनले बताएका छन् । यसपटकको सडक महोत्सव पनि विगत झैं विराटनगरको ट्राफिक चौकदेखि महेन्द्र चौक जोड्ने हिमालय रोडमा आयोजना हुने बताइएको छ।

मोरङ, सुनसरी र झापासहित छिमेकी मुलुक भारतको अररिया जिल्लाका गरी करिब एक लाख सर्वसाधारणले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ। ३१ लाख खर्च हुने अनुमान गरिएको सडक महोत्सवको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला तथा उपमेयर शिल्पा निराला कार्कीले गर्ने तयारी छ।

सडक महोत्सवको मुख्य प्रर्वद्धकका रुपमा विराटनगर महानगरपालिका रहेको ताम्राकारले बताएका छन् । यसअघि मन्जिना मुभिज क्रिएशनले नै २०७६ सालमा महोत्सवको आयोजना गरेको थियो। त्यसपछि कोभिड महामारी लगायतका कारणले विगतका दुई वर्ष कार्यक्रम आयोजना हुन सकेन्। तर, यसपटक विगत झैं भव्य तयारीका साथ सडक महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका निर्देशक ताम्राकारले बताए।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top