×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जेलेन्स्कीलाई पुटिनको धमाका उपहार, रिसायो नेटो

१८ पुष २०७९

१८ पौष, एजेन्सी ।

नयाँ वर्षमा लगातार दोस्रो दिन पनि रुसी सैनिकहरुले युक्रेनको राजधानी किभमा हवाई हमला जारी राखेका छन् । सोमबार भएको भारी बमबारीका कारण किभसहित कयौं युक्रेनी शहरहरुमा साइरन बज्न थालेको थियो । युेक्रेनी सेनाले किभसहित कयौं शहरहरुमा मिसाइलहरु तथा ईरान निर्मित ड्रोनहरुबाट हमला भएको बताएको छ ।

Advertisement

साथै युक्रेनको सेनाले पनि रुस नियन्त्रित डोनेस्ट्स्क क्षेत्रको मकिभका शहर तथा अन्य स्थानहरुमा गोलाबारी गरेको पनि उल्लेख गरेको छ । यी हमलाहरुमा कयौं मानिसहरुको ज्यान गएको बताइएको छ । किभक्षेत्रका सैन्य प्रशासन प्रमुख ओलेक्सी कुलेबाले समाचार एजेन्सी एएफपीसंग भनेका छन्, किभमा खतरा कायम नै छ, तर हाम्रो वायुरक्षा बल लक्ष्यहरुमा काम गरिरहेका छन् ।

रुस र युक्रेनबीचको युद्ध नयाँ वर्षमा निर्णायक मोडमा पुगेको छ । एकातर्फ रुसी राष्ट्रपति भ्यादिमिर पुटिन भनिरहेका छन् कि उनी जितभन्दा अरु मान्न तयार छैनन् । अर्कातिर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि २०२३ मा आफ्नो जीतको भविष्यवाणी गरेका छन् । यस्तोमा नेटोले पनि यो युद्धलाई थप चर्काउने जनाउँ दिएको छ ।

रुस पछाडि हट्ने सङ्केत नदेखिएपछि पश्चिमा देशहरू युक्रेनलाई लामो समयसम्म सहयोगका लागि तयार रहनुपर्ने नेटोका महासचिवले बताएका छन् । सैन्य सहयोगले एउटा सार्वभौम देशको रूपमा टिकिरहन युक्रेनलाई सघाउ पुग्ने साथै वार्तामा बस्न रुसलाई दबाव पनि दिने तथा सहमतिमार्फत् युद्धको अन्त्य गराउने एन्स स्टोलटनबेर्गले बीबीसीसँग भनेका छन् ।

यता रुसी नेताहरुले भने पश्चिमा देशहरूमाथि रुसलाई सिध्याउनका लागि युक्रेनको प्रयोग गरिरहेको आरोप लगाउँदै आएका छन् । यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ वर्षको अवसरमा भाषण गर्दै युक्रेनमा भइरहेको लडाइँको पक्षमा उभिन मानिसहरूलाई आग्रह गरेका छन् । सो क्रममा उनले आफ्नो मुलुकको भविष्य दाउमा रहेको टिप्पणीसमेत गरेका छन् ।

Advertisement

उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीले चाहिँ रुसी फौजलाई नेतृत्व दिनुको साटो पुटिन फौजपछाडि लुकिरहेको आरोप लगाएका छन् । युक्रेनी सशस्त्र फौजका प्रमुखका अनुसार शनिवार रुसले २० वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेकोमा १२ वटालाई खसालिएको थियो । नयाँ वर्ष २०२३ को पहिलो दिन शुरू हुनासाथ इरानमा निर्मित ४५ वटा ड्रोन खसालिएको युक्रेनी हवाई सुरक्षा बलले जनाएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top