विराटनगर ः एक व्यक्तिलाई छुरा प्रहार गरी गम्भीर घाईते बनाएको आरोपमा विभिन्न संघ संस्थाको नेतृत्वमा रहेका मोरङ उर्लाबारी – ६ का वडा सदस्य ४० बर्षिय सचिन शाक्य पक्राउ परेका छन् ।
गत असार ८ गते उर्लाबारीमा सामुहिक रुपमा फुटबल हेर्ने क्रममा शाक्यले उर्लाबारी ३ का २८ बर्षीय विशाल तामाङलाई शाक्यले छुरा प्रहार गरेर फरार भएको प्रहरीले बताएको छ ।
उनलाई आईतबार राती ११ः ३० मा उर्लाबारी ७ का सुभास शाक्यको घरबाट प्रहरीले पक्राउ गरेको हो । आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।घाईते तामाङको बिर्तामोड स्थित शिक्षण अस्पतालमा दुई साता उपचार भएको थियो ।