विदेशबाट ल्याएको मोबाइल खोस्नेमाथि कारबाही हुने

१९ पौष, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइल जफत गर्नेलाई कारबाही अगाडि बढाउन निर्देशन दिएका छन् । सोमबार विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएको मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जफत गरेको थियो ।

उक्त घटनामा प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालयलाई तत्काल कारबाही अगाडि बढाउन निर्देशन दिएका हुन् । अमेरिकाबाट नेपाल आएका झापाका दुधलाल नेम्वाङको सोमबार आफ्नो बाहेक अतिरिक्त मोबाइल ल्याएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार विभागले सो मोबाइल जफत गरेको थियो ।

त्यस्तै विदेश गएका नेपालीहरुले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन दाहालले निर्देशन दिएका छन् । मंगलबार बिहान टेलिफोनमार्फत उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई निर्णय कार्यान्वयन नभएकोप्रति प्रधानमन्त्री प्रचण्डले तत्काल कार्यान्वयन मिलाउन निर्देशन दिएका हुन् ।

Advertisement

प्रचण्डले मंगलबार बिहान अर्थमन्त्री पौडेल र अर्थसचिवलाई आवश्यक कानुनी प्रक्रिया पछि मिलाउँदै जान सकिने तर अहिले निर्देशन कार्यान्वयन आजैकै मितिदेखि गराउन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।

‘प्रधानमन्त्रीले आज अर्थमन्त्रीलाई फोन गरेर एयरपोर्टले सरकारको निर्देशन किन पालना नगरेको? भनेर जिज्ञासा राख्नुभयो,’ सचिवालयका एक सदस्यले भने, ‘तत्काल सरकारको निर्णय कार्यान्वयन गर्नुप¥यो। कानुनी समस्या छन् भने पनि तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउनुप¥यो।’ ‘उहाँले अर्थसचिवलाई पनि निर्देशन दिँदै सबैतिर सरकारको निर्णय एकैपटक पुग्ने र कार्यान्वयन हुने गरी सर्कुलर गर्न निर्देशन दिनुभयो,’।

अमेरिकाबाट फर्केका झापाका नेम्वाङले आफ्नो साथमा ल्याएको आइफोन एयरपोर्टका कर्मचारीले १८ प्रतिशत कर तिर्नुपर्ने भन्दै लिएपछि उनले त्यही छोडेर हिँडेका थिए । सरकारले बाहिरबाट आउँदा ल्याउने मोबाइलमा कुनै रकम नलाग्ने निर्णय भएपछि आफूले ल्याएपनि एयरपोर्टका कर्मचारीले सरकारको निर्णय थाहा नभएको र कुनै निर्णय प्राप्त नभएको बताउँदै १८ प्रतिशत कर तिर्नेपर्ने बताएपछि उनले मोबाइल फोन त्यही छोडेका थिए । यो घटना बाहिरिएपछि सरकारको जनस्तरबाट आलोचना भइरहेको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top