दुहवी ः बाढी पीडितको नाममा आएको रकम आफ्ना छेउछाउका कार्यकर्तालाई बाँडेको र विकास निर्माणका काम लगायतमा अनियमितता गरेको भन्दै दुहवी वडा नम्बर १२ (पूर्व कुशाहा ) कार्यालयमा स्थानियबासीले घेराउ गरेका छन् ।
गतवर्ष साउनको अन्तिम साता आएको बाढीले क्षति पु¥याएको यो क्षेत्रका लागि आएको बाढी पडितको रकम जनप्रतिनिधिले नक्कली बाढी पिडित बनाई रकम कुम्ल्याएको भन्दै दुहवी वडा नं १२ कार्यालय सोमबार दिनभर जस्तो तनावग्रस्त रहेको थियो ।
जनप्रतिनिधिले आफ्ना नजिकका कार्यकर्ताहरुलाई नक्कली बाढीपिडित बनाई वास्तविक बाढीपिडितलाई थप पीडा पु¥याएको भन्दै सोमबार वडा कार्यालय परिसरमा सैयौँको संख्यामा रहेका स्थानियले प्रदर्शन गरेका थिए ।
मंगलबार दिउँसो २ बजे संघर्ष समितिका संयोजक रामचन्द्र चौधरीसहित ११ जनाको वार्ता टोली र दुहवी वडा नं १२ कार्यालयका जनप्रतिनिधिहरुबीच बसेर बार्ता गर्ने सहमती भएपछि प्रदर्शन स्थगित भएको थियो । आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।