माग पूरा गर्न दबाब दिन चलचित्र निर्माता संघद्धारा पुस २९ गते राष्ट्रिय भेला आयोजना

१९ पुस ७९, मंगलबार
Share this
749shares

१९ पौष, काठमाडौं ।

Advertisement

आफ्ना मागबारे दबाब दिन चलचित्र निर्माता संघले पुस २९ गते काठमाडौंमा राष्ट्रिय भेला डाकेको छ ।चलचित्र विकास बोर्डको हलमा देशभरका झण्डै ३०० जना फिल्म निर्माता भेला भएर आफूहरुका पेसागत समस्या राख्ने भएका हुन् । यस्तै वार्ताका लागि चलचित्र विकास बोर्ड, चलचित्र संघ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्ना माग पेस गर्ने तयारी छ ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले भेलाका सुझावलाई समेटेर बोर्ड र चलचित्र संघसँग वार्ता गर्ने बताए । ‘हामी सुरुमा वार्ता र छलफलबाटै समस्या समाधान गर्न अघि बढ्छौं,’ खड्काले भने, ‘त्यसबाट माग पूरा भएन भने स्थिति हेरेर कठोर निर्णय लिनुपर्ने हुन्छ ।’

Advertisement

खड्काले भन्न खोजेको ‘कठोर’को अर्थ आन्दोलनमा उत्रिनेतर्फको संकेत हो । पुस ६ गते चलचित्र संघले पनि राष्ट्रिय भेला बोलाएर माग पूरा गर्न चलचित्र विकास बोर्डलाई दबाब दिएको थियो ।अध्यक्ष खड्काले राष्ट्रिय भेलामा फिल्म हलसँगका कुरा, निर्माताले पाउनुपर्ने ‘पर्सेन्टेज’ कम भएको, ट्रेलर बजाएको पैसा, सर्भरको चार्ज, बक्स अफिस पारदर्शी नभएको, सर्भर डाउनको बहानामा निर्माताले हिसाब नपाएको जस्ता कुरामाथि छलफल हुने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top