मुस्ताङ विश्वको घुम्नै पर्ने सूचीको २३ औं स्थानमा

२२ पौष ,काठमाण्डौ ।
विश्वका विभिन्न देशका २३ स्थानहरुमध्ये नेपालको मुस्ताङलाई पनि विश्वका घुम्नैपर्ने स्थानमा परेको छ । अमेरिकी समाचार च्यानल सीएनएनले सार्वजनिक गरेको सन् २०२३ मा घुम्नै पर्ने सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वको संक्षिप्त वर्णन गर्दै संसारका २३ स्थानहरुमध्ये नेपालको मुस्ताङ पनि सन् २०२३ मा घुम्दै पर्ने पर्यटकीय स्थलको रुपमा रहेको बताएको हो ।

मुस्ताङको वर्णन गर्दै सीएनएनले भनेको छ ‘हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउन प्राचिन ट्रेलहरूबाट हिमाल पदयात्राका लागि प्रसिद्ध नेपालको अचम्मको मुस्ताङ उपत्यका तिब्बतको द्वारमा रहेको छ । ’ मुस्ताङ पदयात्राका लागि त प्रख्यात छ नै ।

यहाँ घुम्न आउने पर्यटकहरूले प्राचिन गाउँहरू र बौद्ध गुम्बाहरू ‘एक्सप्लोर’ गर्न सकिने सीएनएनले बताएको छ । मुस्ताङमा कालीगण्डकी नदी माथि रहेको मानव निर्मित गुफा २ हजार वर्ष पुराना बौद्ध मूर्तिकला र चित्रहरूले भरिएका छन् । मुस्ताङ आउँदै गर्दा यो पनि छुटाउन नहुने सीएनएनले बताएको छ ।

Advertisement

चाँडै खुल्न लागेको शिन्ता मणि मुस्ताङका कारण पनि आगामी महीनाहरूमा यो दुर्गम गन्तव्यबारे धेरै कुरा सुन्न पाइने आशा गरिएको छ । यस्तै घुम्नै पर्ने सूचीमा पोल्यान्ड, पश्चिम अष्ट्रेलिया, बेलायतको लिभरपुल, साउथ क्यारोलिनाको चार्लेस्टन, लिथुआनियाको भिलनियस, फिजी, ब्राजिलको मानाउस पनि परेको छ ।

सूचीमा रहेको अन्य घुम्नै पर्ने ठाउँमा ग्रिसको थेसालोनिकी, रुवान्डा, स्वीडेनको गोथेनबर्ग, यूएईको रास अल–खाइमाह, लाओस, स्वीटजरल्यान्डको ग्रुयर्स, मिनेसोटाको मिनिआपोलिस, कोलम्बिया बोगाटा, तान्जानिया, इजिप्टको कायरो, जापानको नाओशिमा, बेलिज, मेक्सिकोको ओआसाका, क्यानडाको ओट्टावा, युगन्डा पनि सूचीमा परेको छ ।

Advertisement

राजधानी काठमाडौंबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को २० मिनेटको उडानमा जोमसोमको यात्रा गरेर यात्रीहरूले मुस्ताङ जान सक्नेछन् । सडकमार्गबाट पनि मुस्ताङ पुग्न सकिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top