NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

प्रचण्डको सरकार बनेलगत्तै चीनले राख्यो खतनाक प्रस्ताव

शुक्रबार पुस २२ , २०७९
Reading Time: 1 min read
A A
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ पौष, काठमाण्डौ ।
अमेरिकी परियोजना एमसीसी र एसपीपीजस्ता विषय सार्वजनिक हुँदा लामो समयसम्म विवादमा रुमल्लिनु परेको नेपाललाई अहिले फेरि चिनियाँ पक्षबाट आएको पछिल्लो एक प्रस्तावले झस्काएकोे छ । त्यो प्रस्ताव हो चिनियाँ सुरक्षा अवधारणा ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) । जसलाई समर्थन गर्न बेइजिङले आग्रह गरेको छ ।

यद्यपी नेपालले त्यसमा आफ्नो देश कुनै पनि सुरक्षा गठबन्धनमा सहभागी हुन नसक्ने जबाफ दिँदै सो चिनियाँ प्रस्ताव अध्ययनकै चरणमा रहेको जनाएको छ । तर जीएसआईको प्रस्तावले एक पटक फेरि नेपालमा अनेकौं कोणबाट आशंका र प्रश्नहरु उब्जिएका छन् ।

यसअघि पनि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार रहेका बेला गत सेप्टेम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको जीएसआई जोडिएको एउटा सम्मेलनमा सन्देश पठाएकी थिइन् । जसबारे विभिन्न कोठबाट टिप्पणी र प्रश्न गरिएको थियो ।

LS Auto

अहिले पनि एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार भएका बेला अर्थात चीनतर्फ ढल्किएको कम्युनिष्ट सरकार भएको आरोप लागेका बेला चिनियाँ पक्षबाट यो प्रस्ताव पुनः आउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

अघिल्लो बिहीवार चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला निर्देशकले बेइजिङस्थित नेपाली राजदूतसँग भेटेका थिए । त्यसक्रममा उनले चीनले अघि सारेको ग्लोबल डिभलप्मेन्ट इनिसिएटिभ र ग्लोबल सेक्युरिटी इनिसिएटिभको कार्यान्वयनलाई संयुक्त रूपमा प्रवर्धन गर्न प्रस्ताव राखेका थिए ।

तर राजदूत विष्णुपुकार श्रेष्ठले चिनियाँ विदेशमन्त्रालयको एसिया मामिलाका निर्देशक लिऊ जिनसोङसँग भएको छलफलका बारेमा नेपालले जीएसआईबारे अझै अध्ययन गरिरहेको जबाफ दिएको बताएका छन् । बेइजिङबाट बीबीसीलाई दिएको अन्तरवार्तामा नेपाली राजदूत श्रेष्ठले जीएसआईलाई नेपाल सरकारले अध्यययन नै गरिरहेको जबाफ आफूले दिएको बताएका छन् ।

उनका अनुसार असंलग्न परराष्ट्र नीति नेपालको आधारभूत चरित्र हो र नेपालले कुनै पनि सैन्य गठबन्धन वा सुरक्षा छाताभित्र सहभागिता जनाउने छैन । परराष्ट्र मामिलाका कैयौँ विज्ञहरूले पनि नेपालले चिनियाँ सुरक्षा अवधारणालाई समर्थन गर्नु प्रत्युत्पादक हुने बताएका छन् ।

अघिल्लो पटक अमेरिकाको सुरक्षा कार्यक्रम एसपीपीमा नेपाल आबद्ध हुने विवरण आएर चौतर्फी विरोध भएपछि सरकारले स्टेट पार्टनरशिप प्रोग्राम कार्यक्रमबाट अलग हुने निर्णय गरेको थियो । स्वयं चीनले पनि यसमा स्पष्ट आपत्ति जनाएको थियो ।

यस्तोमा चीनले गरेको पछिल्लो प्रस्तावको विस्तृत विषयवस्तु समेत बाहिर नआएको अवस्थामा नेपालले त्यसमा समर्थन जनाउँन नहुने धेरैको तर्क छ । चिनियाँ मुखपत्र सिन्ह्वाका अनुसार सन् २०२२ को एप्रिलमा चीनको हेनानमा सम्पन्न बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा प्रमुख वक्ता रहेका राष्ट्रपति सी जिनपिङले उक्त सुरक्षा अवधारणा प्रस्ताव गरेका थिए ।

जीएसआई विश्व हितका लागि चीनले प्रस्तुत गरेको अर्को अवधारणा रहेको भन्दै राष्ट्रपति सीले त्यसले मानवताको साझा भविष्य निर्माणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए । तर भारतीय पक्षले भने उक्त सुरक्षा अवधारणाले अमेरिकी नेतृत्वमा बनेको क्वाड र इन्डो प्यासिफिक रणनीतिलाई चुनौती दिने उद्देश्य राखेको दावी गर्दै आएका छन् ।

Tags: #चीनले राख्यो खतनाक प्रस्ताव

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.