विश्वकै कुख्यात मानव तस्करलाई इन्टरपोलले कसरी पक्रियो ?

२२ पौष, एजेन्सी ।
इन्टरपोलले विश्वकै सबैभन्दा कुख्यात मानव तस्करलाई पक्राउ गरेको छ । यी मानव तस्कर अफ्रिकी देश इरिट्रियाका बासिन्दा हुन्, जसलाई आफ्नो देशमा फरार घोषित गरिएको छ। युएईका अधिकारीहरूसँगको समन्वयमा सुडानबाट इन्टरपोलले उनलाई पक्राउ गरेको हो ।

किडेन जेकारियास हब्टेमारियम नामका यी तस्करलाई तस्करीको मुख्य नेता भएको आरोप लगाइएको छ। उसले लिबियामा एउटा शिविर चलाएको, जहाँ सयौं पूर्वी अफ्रिकी आप्रवासीहरू युरोप जान खोजिरहेका थिए भन्ने दावी इन्टरपोलको छ। त्यहाँ रहेका महिलाहरुलाई जबरजस्ती करणी गरिएको थियो ।

यूएईको आन्तरिक मन्त्रालयका अधिकारी सइद अब्दुल्लाह अल सुवैदले बिहीबार पत्रकार सम्मेलनमा इन्टरपोलले इथियोपिया र नेदरल्यान्ड्सको तर्फबाट किडेन जकारियास हब्टेमारियम विरुद्ध दुईवटा रेड कर्नर नोटिस जारी गरेको बताएको अल जजिराले बताएको छ ।

Advertisement

उनलाई युएईका अधिकारीहरूसँगको सहकार्यमा सुडानी प्रहरीले जनवरी १ मा पक्राउ गरेको थियो। हब्टेमारियम आप्रवासीहरूमाथि विशेष गरी क्रुर र हिंसात्मक व्यवहारको लागि २०१९ देखि इन्टरपोलको रडारमा थिए। अल सुवैदले भनेका छन्, ’हामीले युरोपको सबैभन्दा महत्त्वपूर्ण तस्करी मार्ग बन्द गरेका छौं।

Advertisement

यस मार्गबाट इरिट्रिया, इथियोपिया, सोमालिया र सुडानबाट हजारौं आप्रवासीहरूलाई अवैध रूपमा लिबिया र युरोप लगिएको थियो। कुख्यात मानव तस्करलाई पक्राउ गर्न युएई र इन्टरपोलले गत वर्षको सुरुमा संयुक्त अनुसन्धान थालेका थिए । हब्टेमारियमलाई पक्रन उनका भाइको अवैध आर्थिक लेनदेन ट्र्याक गरिएको थियो।

अब ती तस्करलाई युएईमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइने सुवैदले बताएका छन् । उनलाई छिट्टै सुपुर्दगी गर्ने सम्भावना समेत रहेको छ । हब्टेमारियमलाई २०२० मा पनि पक्राउ गरिएको थियो, तर एक वर्षपछि उनी हिरासतबाट भागेका थिए । त्यसपछि पछि उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।

हब्टेमारियमले अर्का मानव तस्कर, टबेल्डे गोइटोमसँग पनि काम गरेको आरोप छ । जो कैदमा परेका महिलालाई बलात्कार गर्न कुख्यात थिए। इन्टरपोलले हब्टेमारियमको गिरफ्तारीले युरोप जाने प्रमुख तस्करी मार्गलाई ठूलो धक्का दिने बताएको छ। यसले हजारौं मानिसहरूलाई शोषणबाट बचाउनेछ। यसको गिरफ्तारी यसको सञ्जाल तोड्ने सुरुवात भएको इन्टरपोलले बताएको छ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top