सरकार ढाल्न काँग्रेससहित भारत लाग्योः ओली

२३ पौष,काठमाण्डौ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन नभएको भए आमनिर्वाचनमा दुईतिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । एमालेको संसदका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा ओलीले आफ्नो नेतृत्वको सरकारले असाधारण काम गरेको दाबी गर्दै पार्टी विभाजन नभएको भए दुईतिहाइ ल्याउने दाबी गरे ।

कम्युनिस्ट पार्टीहरु मजबुत भएको समयमा कमजोर पार्ने षड्यन्त्र हुने गरेको भन्दै ओलीले २०१७ साल, २०५१ साल र २०७४ सालपछि शक्तिशाली हुँदा आफूहरूमाथि षड्यन्त्र भएको आरोप लगाए । उनले चुनावपछि अहिले नयाँ परिस्थिति सिर्जना भएको बताएका छन् । ’अहिलेको स्थिति चुनावपछि जुन परिस्थिति आयो ।

नयाँ च्याप्टर सुरु भएको छ । मैले विश्वास लिएको छु हिजो कमीकमजोरी गरेका साथीहरूले पनि दोहो¥याउने छैनन् । यस्तै माधव नेपाललाई लक्षित गर्दै ओलीले एमालेसँग छुट्टिएर गएका र आफूहरूलाई चुनावमा टर्च बालेर खोज्नु पर्छ भन्नेहरु राष्ट्रिय पार्टी पनि बन्न नसकेको र नयाँ समीरकणलाई साथ पनि नदिएको भन्दै आलोचना गरे ।

Advertisement

यस्तै एकीकृत समाजवादीले स्पष्ट अडान नराखेको तथा कांग्रेसलाई समेत बोकिराखेको ओलीको टिप्पणी थियो । यस्तै ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत पु¥याउन नदिन खुद्रा खेल खेलिरहेको आरोप पनि लगाएका छन् ।

उनले देउवाले अहिलेको सरकार असफल बनाउन प्रधानमन्त्ती पद बाँड्दै हिँडेको आरोप लगाए । कांग्रेसले पाँच वर्षसम्म सरकारको विरोध गर्ने र सरकार ढाल्न लाग्ने भन्दै ओलीले त्यसैकारण अहिलेको गठबन्धनको अन्तरविरोधमा खेल्न खोजेको आरोप लगाए ।

यस्तै ओलीले प्रचण्डको सरकार ढाल्न छिमेकी देशहरु लागि परेको पनि दाबी गरेका छन् ।उनले बाह्य हस्तक्षेप स्वीकार नगर्ने पनि जनाए । ओलीले यसपटक नेपालीले नै सरकार बनाएर सफलता प्राप्त गरेको उल्लेख गरे ।

अहिले कूटनीतिक गतिविधि बढेको भन्दै ओलीले यस्ता क्रियाकलाप बन्द गर्न र सार्वभौम सिद्धान्त अनुसार चल्न छिमेकी र मित्रराष्ट्रहरूलाई आग्रह समेत गरे । कार्यक्रममा ओलीले पार्टीका निर्वाचित सांसदहरू अगामी २६ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकालाई विश्वासको मत दिलाउन आग्रह गरेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top