थाइल्यान्डकी राजकुमारी तीन सातादेखि बेहोस

२४ पौष, एजेन्सी ।

थाइल्यान्डकी राजकुमारी बज्रकितियाभा तीन सातादेखि बेहोस रहेको त्यहाँको राजपरिवारले जनाएको छ।समाचार संस्था रोयटर्सका अनुसार गत डिसेम्बर १५ मा मुटुसम्बन्धी समस्या आएर बेहोस भएकी राजकुमारी अझै होसमा आउन सकेकी छैनन्।

४४ वर्षीया बज्रकितियाभा थाई नरेश महा वाजिरालंगकर्णकी जेठी छोरी हुन्। उनलाई थाई राजगद्दीकी उत्तराधिकारीका रूपमा पनि हेरिएको छ। तर थाई नरेशले अहिलेसम्म आफ्नो उत्तराधिकारी घोषणा गरेका छैनन्।उत्तरपूर्वी नाखोन राचासिमा प्रान्तमा एउटा प्रतियोगिताका लागि आफ्नो कुकुरलाई तयार गरिरहेका बेला राजकुमारी अचानक बिरामी परेकी थिइन्।

Advertisement

उनलाई हेलिकप्टरमा राजधानी बैंक ल्याइएको थियो।कोर्नेल विश्वविद्यालयबाट विद्यावारिधि गरेकी राजकुमारी बज्रकितियाभाले यसअघि अष्ट्रिया, स्लोभानिया र स्लोभाकियामा थाई राजदूतका रूपमा काम गरेकी थिइन्।चिकित्सकहरूले उनको मुटु, फोक्सो र किड्नीलाई काम गर्न सहज हुने गरी औषधी दिइरहेको बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top