Nepal Times
Nepal Times
3
Shares

निःशुल्क स्वास्थ्य शिविरमा केएमसी अगाडि, ७९२ जनाको स्वास्थ्य परीक्षण

निःशुल्क स्वास्थ्य शिविरमा केएमसी अगाडि, ७९२ जनाको स्वास्थ्य परीक्षण

२४ पौष, विराटनगर । काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले शंखरापुर नगरपालिका साँखुमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

आइतबार साँखुमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट त्यस क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणले लाभ लिएका छन् ।

स्थानीय पिपुल्स लाइफ केयर अस्पतालसँगको सहकार्यमा वडा नं. ६ सलम्बुमा गरिएको शिविरमा ७९२ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका प्रवन्धक नारायण दाहालले बताएका छन् । उनका अनुसार उक्त स्वास्थ्य शिविरमा १०७ जनाको इसिजी, १४४ जनाको ल्याब परीक्षण र १६८ जनाको भिडियो एक्स–रे गरिएको छ ।

त्यस्तै, १७ जनाको दाँत खोलिएको तथा २ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको दाहालले जानकारी दिए । स्वास्थ्य शिविरमा स्त्री रोग, बाल रोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, हाडजोर्नी लगायतका चिकित्सकहरुले बिरामीको जाँच गरेका थिए ।

स्वास्थ्य शिविरमा आएका बिरामीहरु केएमसीमा उपचारका लागि आए ओ.टी, ल्याब तथा वेड चार्जहरुमा आवश्यक छुट गर्ने गरिएको छ ।

केएमसीका तत्कालीन कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले अस्पतालको स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच पुर्याउन निःशुल्क स्वास्थ्य शिविरको सुरुवात गरेका थिए ।

हाल डा. शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएतापनि उनले सुरु गरेको निःशुल्क स्वास्थ्य शिविरको अभियानलाई निरन्तरता दिइएको प्रवन्धक दाहालले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.