Nepal Times
Nepal Times
3
Shares

बागमतीका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि शपथ लिने

बागमतीका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि शपथ लिने

२५ पौष, काठमाण्डौ ।

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहान ९ः३० बजे मुख्यमन्त्री जम्कट्टेललाई शपथ दिलाउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले भोलि नै तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्ने जनाइएको छ । स्रोतका अनुसार प्रदेश सरकारमा तत्काल राप्रपा र एमालेबाट एक–एक जनाको प्रतिनिधित्व हुने भएको छ । यद्यपि उनीहरुलाई मन्त्रिपरिषदमा विभागीय जिम्मेवारी भने तत्काल नदिइ सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले सम्हाल्ने स्रोत बताउँछ ।

‘सुरुमा राप्रपाबाट एक र एमालेबाट एक मन्त्री बनाउने तयारी भएको छ,’ स्रोतले भन्यो, ‘उनीहरुलाई दिइने जिम्मेवारी र बाँकी मन्त्री नियुक्तिको काम भने सत्तारुढ गठबन्धनबीच भागबण्डा टुंगिएपछि मात्र हुने छ ।’एमालेले पहिलो चरणमा सरकारमा जगन्नाथ थपलियालाई पठाउने तयारी गरेको छ । यद्यपि, राप्रपाबाट भने कसलाई सामेल गर्ने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.