आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

२९ पुस ७९, शुक्रबार

२९ पौष, काठमाडौं ।

Advertisement

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूमाथि सुरक्षा खतरा बढेको बन्दै व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन्।जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै शाहले सुरक्षाकर्मी माग गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।

‘उहाँले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो। हामीले त्यस निवेदनलाई गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाएका छौं,’ उपाध्यायले भने।शान्ति सुरक्षा महाशाखाले निवेदन उपर जाँचबुझ गरी आवश्यक ठहर भएमा सुरक्षाकर्मी पठाउने उपाध्यायको भनाइ छ।

Advertisement

महानगरका मेयरको सुरक्षामा नगर प्रहरी खटिएका हुन्छन्। प्रशासनले उनीमाथि सुरक्षा चुनौती रहेको ठानेमा नेपाल प्रहरीका सुरक्षाकर्मी पठाउनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top