गृहमन्त्री रवी लामिछानेको पद अझै धरापमा, सर्वाेच्चलाई दिए जवाफ

२ माघ ७९, मंगलबार

३ माघ , काठमाण्डौ ।
उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले नागरिकता विवादमा सर्वोच्च अदालतलाई लिखित जवाफ पेस गरेका छन्। माघ ११ हुने अन्तिम सुनुवाइका लागि लामिछानेले लिखित जवाफ पेस गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति एवं चितवन–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका लामिछानेको सांसद पद खारेजको माग गर्दै सर्वोच्चको संवैधानिक इजलासमा पेस भएको रिटमा लिखित जवाफ मागिएको थियो।

केहीदिन अघि संवैधानिक इजलासले उनको मुद्दामा अन्तिम सुनुवाइ सार्न नपाउने गरि सुनुवाइको मिति तय गरेको थियो। लामिछानेले बुझाएको लिखित जवाफमा रिट निवेदनको औचित्य समाप्त भएकाले खारेज हुनुपर्ने दाबी गरेका छन्। उनले लिखित जवाफमा आफू नेपाली नागरिक भएकाले रिटको औचित्य नभएको तर्क गरेका छन्।

‘म जन्मसिद्ध नेपाली नागरिक हुँ। अमेरिकी नागरिकता त्यागेपछि स्वतः नेपाली नागरिक नै भएको छु’, उनले लिखित जवाफमा दाबी गरेका छन्, ‘नागरिकता ऐन, २०६३ को दफा ११ ले कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ भनेको छ।’

Advertisement

आफू सोही दफा बमोजिम नेपाली नागरिक भएको रविको तर्क छ। नागरिकता त्यागेको निस्सासहित पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूची ११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने भनी उल्लेख गरेको भएपनि त्यसमा आफ्नो कुनै गल्ती नभएको उनको भनाइ छ।

‘म लिखित जवाफवालाले नेपाली नागरिकता त्यागी विदेश अमेरिका गएको अवस्था नहुँदा नियम ११ को कार्यविधि अनुसार नागरिकता त्यागी विदेश गएको र पुनः कायम गरी पाउँ भनी हुँदै नभएको झुट्टा विवरण दिई निवेदन गर्न सक्ने अवस्था आउँदैन’, लिखित जवाफमा भनिएको छ, ‘अहिले पार्टी सभापति र राष्ट्रिय स्वतन्त्र पार्टीको लोकप्रियता बढेकाले यो विषय उठाइएको हो।’

Advertisement

उनले आफूले अमेरिकी स्थायी बसोबास कार्ड छोडेको जानकारी अध्यागमनमा समेत बुझाएको र गृह मन्त्रालयमा समेत त्यसको जानकारी पुगेकाले अब नागरिकता दोहोरो भएको तर्क अनावश्यक उल्लेख गरेका छन्। सर्वोच्चको संवैधानिक इजलासले माघ ११ गतेदेखि अन्तिम सुनुवाइ गरेमा उनको मुद्दा सोही दिन टुङ्गोमा पुग्ने छ।

सर्वोच्चले रिट जारी गरेमा रविको सांसद र मन्त्री पद गुम्ने छ भने खारेज गरेमा उनले नागरिकता विवादमा सफाइ पाउनेछन्। यसअघि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि उजुरी परेको थियो। मंसिर ४ गतेको निर्वाचनभन्दा केही दिन अघि मात्र उजुरी परेपछि निर्वाचन आयोगले आफूहरुले अनुसन्धान नगर्ने भन्दै तामेलीमा राखेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top