NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Ograniczony dostęp! बिहिबार पुस १० , २०८२
Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide बिहिबार पुस १० , २०८२
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

प्रतिनिधिसभाका सभामुख देवराज को हुन् ?

बिहिबार माघ ५ , २०७९
Reading Time: 1 min read
A A
प्रतिनिधिसभाका सभामुख देवराज को हुन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

५ माघ, काठमाण्डौ ।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता देवराज घिमिरे सभामुख चयन भएका छन्। बिहीबार उनलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि भएको मतदानमा घिमिरेले १६७ मत पाएका हुन्।

घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा १०० मत परेको थियो। मत दिन्नँ भन्नेमा १ मत परेको थियो। मतदानमा उपस्थित सांसदको संख्या २६८ रहेको सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए।

घिमिरे निर्वाचित भएपछि प्रतिनिधि सभा नियमावली अनुसार, उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि भने मतदान नै भएन। सभामुखमा निर्वाचित भएका घिमिरेलाई नेकपा एमालेले एक वर्षअघि राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो।

२०७८ पुस १९ गते पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश १ बाट सुमित्रा भण्डारी र सोनाम ग्याल्जेनसँगै उनलाई पनि उम्मेदवार बनाउने निर्णय गरेको थियो। समानुपातिक सूचीबाट नाम नहटाइएका कारण उनी उम्मेदवार हुन पाएनन्।

उनको ठाउँमा गुरु बराललाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाएको थियो। एक वर्षअघि राष्ट्रिय सभामा उम्मेदवार नै हुन नपाई रोकिएका घिमिरेले सभामुख बन्ने अवसर पाएका छन्। पार्टी पदाधिकारीभित्रकै आकांक्षीलाई पाखा लगाउँदै उम्मेदवार बनेका उनी सत्ता गठबन्धनको साथ पाएर सभामुख बनेका हुन् ।

यसपटक अनपेक्षित रुपमा सभामुख प्राप्त गरेका उनी बेलाबखत चर्चामा आइरहने पात्रमा पर्छन्। उनी २०५१ सालमा महाकाली सन्धिको पक्षमा मतदान गरेर चर्चामा आएका थिए। एमालेका एक नम्बर वैकल्पिक केन्द्रीय सदस्य रहेका उनको मत नै महाकाली सन्धि अनुमोदनका लागि निर्णायक बनेको थियो।

ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका– ३ मा २०१३ सालमा जन्मिएका स्नातकसम्म अध्ययन गरेका छन्। २०३१ सालमा झापा विद्रोहपछि उनी नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेका थिए। २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टीमा लागेका हुन्।

काठमाडौंमा बीए पढिरहेका उनी २०३३ सालमा ’बुर्जुवा शिक्षा’ बहिष्कार अभियानमा सामेल हुँदै गाउँ फर्किएर पार्टी संगठन निर्माणमा खटिए। भूमिगत भएर को–अर्डिनेस केन्द्रमा काम गरेको तीन वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता पाएका हुन्।

२०३५ साल पुस ११ गते कम्युनिष्ट घटकहरु मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक बनेका हुन्। २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख, २०४७ सालमा नेकपा माले र नेकपा मार्क्सवादीको एकीकरणपछि गठन भएको एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य, २०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज, २०५८ सालमा केन्द्रीय विभाग अन्तर्गत स्वास्थ्य विभागको इन्चार्ज र त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्ज भएका काम गरेका छन्।

२०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्ष, २०७८ सालमा सम्पन्न नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्जको जिम्मेवारीमा थिए। उनलाई सांसद् बन्ने अवसर २०४८ सालमा आएको थियो। तर, इलाम जिल्लाबाट प्रतिनिधि सभाका लागि लड्ने अवसर आए पनि उनले अर्को नेतालाई टिकट दिएर आफू जिताउन लागिपरेका थिए।

संसद्मा प्रवेश भने उनले २०५६ सालमा मात्रै गरे। त्यो बेला राष्ट्रिय सभा सदस्य भएका थिए। त्यसपछि भने अवसर पाएका थिएनन्। गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा उनले झापा २ बाट जित हासिल गरेका हुन्। प्रतिनिधि सभामा पुगेको पहिलोपटक नै उनले सभामुख बन्ने अवसर पाएका छन्।

नेकपा एमालेमा पहिले मदन भण्डारी र त्यसपछि अध्यक्ष केपी शर्मा ओलीनिकट रहेका उनको मदन भण्डारी फाउण्डेसनको विस्तार र विकासमा भूमिका छ। ओली गुटको उदयको एउटा महत्त्वपूर्ण कारण मानिने उक्त फाउन्डेसनको सुरुवाती समयमा कार्यालय प्रमुख भएर उनले काम गरेका थिए।

त्यसकारण वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका समेत विश्वास पात्र मध्येमा पर्छन्। उनी ०७८ सालमा सम्पन्न नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्जका रूपमा कार्यरत छन् ।

Tags: #देवराजको सभामुख यात्रा#प्रतिनिधिसभाका सभामुख देवराज को हुन् ?

लोकप्रीय

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

विचार

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

थप समाचार

Kasyno Paypal w Polsce

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२
articles_slotastic casino_2025-12-25

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२
articles_mfortune casino_2025-12-24

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.